images
images

आइतवार, जेठ ६ गते २०८१

कर्णाली प्रदेश सरकारले ल्यायो लोकसेवासम्बन्धी अध्यादेश

कर्णाली प्रदेश सरकारले ल्यायो लोकसेवासम्बन्धी अध्यादेश

images
images
images
बुधवार, कार्तिक १० २०७८
बुधवार, कार्तिक १० २०७८
  • कर्णाली प्रदेश सरकारले ल्यायो लोकसेवासम्बन्धी अध्यादेश

    सुर्खेत, ,१० कात्तिक ।

    images
    images
    images

    कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले लोकसेवा सम्बन्धी अध्यादेश जारी गरेका छन्।

    प्रदेश प्रमुख कलौनीले नेपालको संविधान, २०७२ को धारा २०२ (१) बमोजिम मंगलबार प्रदेश लोकसेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७८ लाई जारी गरेका हुन्।

    प्रदेशसभाबाट पारित ऐनमा विभिन्न त्रुटि पाइएपछि सरकारले संशोधन ऐन ल्याउने तयारी गरेको थियो। प्रदेशसभा अधिवेशन बोलाउने टुङ्गो नहुँदा प्रदेश सरकारले अध्यादेशमार्फत उक्त ऐन संशोधन गरेको हो।

    प्रदेश लोकसेवा आयोगका पदाधिकारी नियुक्त भएको लामो समय बितिसक्दासमेत ऐन संशोधन नहुँदा कामकाज प्रभावित भएको थियो।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पत्र पठाएको दुई दिनपछि प्रदेश प्रमुख कलौनीले अध्यादेश जारी गरेका हुन्। रासस

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij