२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

चीनबाट १० लाख मात्रा खोप आइपुग्यो

बुधवार , कार्तिक १०, २०७८

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • काठमाडौँ, ९ कात्तिक। कोभ्याक्स सुविधा अन्तर्गत चीनबाट कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको थप मात्रा नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले १० लाख २० हजार मात्रा भेरोसेल खोप आइपुगेको जानकारी दिए । 

     उनका अनुसार सो खोपलाई टेकुस्थित भण्डारण केन्द्रमा राखिएको छ । यही कात्तिक ८ गते अमेरिकाले कोभ्याक्स मार्फत एक लाख ६२० मात्रा फाइजर खोप नेपाललाई उपलब्ध गराएको थियो । रासस