images

शनिवार, बैशाख २२ गते २०८१

सहमतिको प्रयास असफल भएपछि एमाले सिद्धार्थनगरको तीन पदमा निर्वाचन

सहमतिको प्रयास असफल भएपछि एमाले सिद्धार्थनगरको तीन पदमा निर्वाचन

images
images
images
बुधवार, कार्तिक १० २०७८
बुधवार, कार्तिक १० २०७८
  • सहमतिको प्रयास असफल भएपछि एमाले सिद्धार्थनगरको तीन पदमा निर्वाचन

    भैरहवा, १० कात्तिक ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगरको प्रथम अधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि निर्वाचन गरिएको छ । अन्य पदमा सर्वसम्मत रुपमा पदाधिकारी तथा सदस्य निर्वाचित भए पनि अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा बुधबार निर्वाचन भएको छ ।

    images
    images
    images

    अध्यक्षमा हालका सचिव थानेश्वर पौडेल र युवा नेता चक्र बहादुर थापाले प्रतिष्पर्धा गर्दैछन् । पौडेल सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष समेत हुन् भने थापा स्वतन्त्र विद्यार्थी युनियन भैरहवा बहुमुखी क्याम्पसका पूर्व सचिव हुन् ।

    त्यस्तै उपाध्यक्षमा अर्जुन कुमार गिरी र लक्ष्मी के.सी.ले प्रतिष्पर्धा गदैछन् । के.सी. अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य समेत हुन् । त्यस्तै सचिवमा नारायण प्रसाद भण्डारी र मनोज कुमार रिजालले प्रतिष्पर्धा गर्दैछन् । भण्डारी भीम अस्पताल विकास समितिका अध्यक्ष समेत हुन् । 

    सकेसम्म सहमतिको प्रयास भएको थियो, तर लोकतान्त्रिक पद्दतिमार्फत नेतृत्व चयन हुने भएको छ, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य विश्वराज बराल (अनुप)ले भने ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij