images

बिहिवार, बैशाख १३ गते २०८१

भीम अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

भीम अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

images
images
images
बिहिवार, कार्तिक ११ २०७८
बिहिवार, कार्तिक ११ २०७८
  • भीम अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

    भैरहवा, ११ कात्तिक ।
    भैरहवास्थित भीम अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भएको छ । २ करोड ६० लाख लगानीमा स्थापना भएको प्लान्टको एक कार्यक्रमकाबीच बिहीबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले उद्घाटन गरेका छन् ।

    images

    कार्यक्रममा बोल्दै मन्त्री थारुले कोरोना महामारीमा आवश्यक अक्सिजन उत्पादन हुन नसक्दा नागरिकस्तरबाटै हामी आफै अक्सिजन प्लान्ट स्थापना गर्छौं भन्ने भनाइ आएको बताए । उनले स्थानीय तहहबाट जनताको दबाबमा आवश्यकता अनुसार आफै प्लान्ट स्थापना गर्छौं भन्ने स्तरसम्म छलफल चलेको बताए । मन्त्री थारुले अहिले पनि कोरोना महामारीको तेस्रो लहर आउन सक्ने सम्भावना रहेकाले यसको निम्ति हरेक अस्पताल, स्वास्थ्य चौकी, प्रदेश सरकार पूर्व तयारीमा रहनुपर्ने बताए । ‘सम्भावित तेस्रो लहरसंग जुध्न अक्सिजन प्लान्ट महत्वपूर्ण बन्नेछ, यसलाई सफलतापूर्वक सञ्चालन गर्नुपर्छ, ’उनले भने । कोभिड–१९ महामारीसंग संघर्ष गर्ने मात्र नभइ अक्सिजन प्लान्ट अस्पताल प्रयोजनका लागि उपयोग हुनुवर्ने उनले बताए ।

    ‘पुरानो अस्पतालको रुपमा रहेको भीम अस्पतालको विकासको निम्ति यस ठाउँका जनताले महत्व सुरुदेखि नै बुझेकाले यसको विकासमा योगदान दिनुभएको छ, यसको लागि उहाँहरुप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छौं, ’मन्त्री थारुले भने ।

    लुम्बिनी प्रदेशलाई स्वास्थ्य क्षेत्रमा देशैभरीको उत्तम स्वास्थ्य सेवा उपलब्ध गराउन सक्ने प्रदेशको रुपमा विकास गर्न खोजिएको उनले बताए । विशेषज्ञ सेवाहरु हाम्रै प्रदेशबाट दिन सक्नुपर्छ र हाम्रा प्रदेशका जनता हाम्रै प्रदेशमा सबै प्रकारका उपचार सेवा प्राप्त गर्नुपर्छ भन्ने लक्ष्य, उद्देश्यसहित प्रदेश सरकार स्थापनाकालदेखि नै काम गरिरहेको र यसमा क्रमशः उल्लेखनीय प्रगति भइरहेको बताए । 
    ५० शैयाको अस्पतालका लागि जनशक्तिको निकै अभाव भएकाले प्रदेश लोकसेवा आयोगमार्फत सरकार अभावको पूर्ति गर्न लागेको उनले बताए । अर्थतन्त्रको विकासको पहिलो खम्बा स्वास्थ्य क्षेत्र भएको उनको भनाइ थियो । कोभिड–१९ महामारीमा भीम अस्पतालले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए ।

    प्रदेश सरकारका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले अक्सिजन प्लान्ट स्थापना हुनु यस क्षेत्रका नागरिकको लागि खुशीको कुरा भएको बताइन् । उनले कोभिड–१९ को दोस्रो महामारीमा धेरै नागरिकले ज्यान गुमाउनुपरेकाले यसबाट बच्न सावधानी अपनाउनुपर्ने बताइन् ।

    भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले रुपन्देही जिल्लाको नमूना अस्पतालको रुपमा अघि बढाउने उद्देश्यसहित कार्य भइरहेको बताए । उनले अस्पतालमा १७ करोडको लगानीमा अत्याधुनिक प्रसुती गृह, विरामी कुरुवाका लागि ५० सिटको प्रतिक्षालयसहित विभिन्न कार्यक्रम सञ्चालन गरी अस्पतालको स्तरोन्नतिमा लागेको बताए । अध्यक्ष भण्डारीले जनशक्ति, स्रोतसाधन र भौतिक संरचनाको अभाव रहेकोले यसलाई व्यवस्थित गर्दै अगाडी बढेको बताए । अत्याधुनिक जनसंख्या भएको यो क्षेत्रमा भएको अस्पतालले भैरहवा मानत्र नभई नवलपरासी र कपिलवस्तुका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको उनले बताए ।

    IMG_7551.JPG

    कोभिड–१९ को महामारीमा ३–४ सय अक्सिजन सिलिण्डर खपत हुँदा निकै दुःख पाइएको र घण्टाघण्टामा अब अक्सिजन सिलिण्डर सकिन लागेको छ बिरामीको ज्यान जान्छ जस्ता त्रासले तनावपूर्ण स्थितिको सिर्जना भएको बताए । उनले भीम अस्पताल स्रोतसाधनमा आत्मनिर्भर बनाउनेतर्फ अगाडी बढेको र आवश्यकता अनुसार अक्सिजन अस्पताल तथा उद्योगलाई छुटमा वितरण गरिने बताए ।

    अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्ताले अस्पतालमा केही बहिरंग सेवा थप गरिएको बताइन् । उनले अस्पतालले गुणस्तरीय सेवा प्रदान गरिरहेको बताइन् । डा. गुप्ताले कोभिड–१९ महामारीमा क्षमता भन्दा बढी बिरामीको उपचार भइरहेको बताइन् । अस्पतालका प्रशासकीय अधिकृत गोविन्द ज्ञवालीले अक्सिजन अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरी सञ्चालनमा ल्याइएको बताए ।

    IMG_7540.JPG

    पीडी इञ्जिनियरिङ प्रा.लि.का प्रबन्ध निर्देशक धर्म पौडेलले टर्कीमा बनेको कम्पनीको अक्सिजन प्लान्ट अस्पतालमा स्थापना गरिएको बताए । उनले प्रतिदिन २ सय सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लान्टको क्षमता रहेको बताए । भीम अस्पताल विकास समितिका सदस्य संगिता रेग्मीको धन्यवाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    IMG_7566.JPG

    IMG_7494.JPG

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij