२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

उपनिर्वाचनबाट राष्ट्रिय सभा प्रवेश गरेका पाण्डेको कार्यकाल सकिदै

२० फागुनबाट राष्ट्रिय सभासदस्य नरहने

आइतवार , कार्तिक १४, २०७८

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • बुटवल । नेकपामा ओवादीबाट राष्ट्रिय सभामा निर्वाचित चन्द्रबहादुर खड्काले नेकपा एमाले रोजेपछि माओवादीले पदमुक्त गर्दा लुम्बिनीमा भएको उपनिर्वाचनका बिजेता दृगनारायण पाण्डेयको कार्यकाल सकिदै छ। राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने व्यवस्था अनुसार पाण्डेयको भागमा ८ महिना मात्रै परेको थियो । पाण्डेय आगामी फागुन २० गतेबाट विदा हुने भएका हुन् ।

    पहिला एमालेमै रहेका पाण्डेय लुम्बिनी प्रदेशको सांसदबाट राजीनामा दिई काँग्रेसमा प्रवेश गरी जेठ १७ गते भएको उपनिर्वाचनमा राष्ट्रिय सभाको उम्मेदवार बनेका थिए । काँग्रेस, माओवादी केन्द्र, एमालेको तत्कालीन माधव नेपाल समूह र जसपाको उपेन्द्र यादवपक्षको साथ पाएपछि पाण्डेयले खड्कालाई पराजित गरेका थिए । एमालेले खड्कालाई नै उम्मेदवार बनाएको थियो ।

    तर पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोलाप्रथा द्वारा कार्यकाल निर्धारण हुँदा खड्कालाई चार वर्षे चिट्ठा परेको थियो ।
    पाण्डेयले खड्काको स्थानमा जितेकाले ८ महिनामै कार्यकाल सकिन लागेको हो । प्रदेश सांसदबाट राजीनामा दिएर राष्ट्रिय सभामा आएका उनी ८ महिनामै बाहिरिने भएका हुन् । उनी सँगै २० जना राष्ट्रिय सभा सदस्य फागुन २० मा विदा हुन लागेका छन् ।