images

बिहिवार, चैत्र १५ गते २०८०

पर्सामा तीन महिनाको अवधिमा फरार ४७ जना अभियुक्त पक्राउ

पर्सामा तीन महिनाको अवधिमा फरार ४७ जना अभियुक्त पक्राउ

images
images
images
शनिवार, कार्तिक २० २०७८
शनिवार, कार्तिक २० २०७८
  • पर्सामा तीन महिनाको अवधिमा फरार ४७ जना अभियुक्त पक्राउ

    वीरगञ्ज, २० कात्तिक ।

    images
    images
    images

    तीन महिनाको अवधिमा पर्सा जिल्ला अदालतबाट विभिन्न समयमा सजाय फैसला भई फरार रहेका ४७ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीको छुट्टाछुट्टै टोलीले पक्राउ गरी अदालतलाई बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    प्रहरीले चालु आर्थिक वर्ष २०७८/७९ को साउनदेखि असोजसम्मको अवधिमा फरार अभियुक्तलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । सबैभन्दा बढी भदौमा २३ अभियुक्तलाई पक्राउ गरिएको छ । यस्तै असोजमा १९ तथा साउनमा पाँच अभियुक्तलाई पक्राउ गरिएको खनालले बताए । उनीहरुबाट एक  करोड ५२ लाख ४७ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ ।

    अन्य फरार अभियुक्तलाई समेत पक्राउ गरिने प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए । गत आर्थिक वर्षमा प्रहरीले ८० फरार अभियुक्तलाई पक्राउ गरेको थियो । उनीहरूबाट ७१ लाख ८६ हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।  रासस

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij