images

शुक्रवार, बैशाख ७ गते २०८१

भैरहवामा छठ पूजाको तयारी (फोटोफिचर)

भैरहवामा छठ पूजाको तयारी (फोटोफिचर)

images
images
images
मंगलवार, कार्तिक २३ २०७८
मंगलवार, कार्तिक २३ २०७८
  • भैरहवामा छठ पूजाको तयारी (फोटोफिचर)

    भैरहवा, २३ कात्तिक । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिइ मनाइने छठ पर्वका लागि भैरहवाका छठ पोखरीमा तयारी तीव्र पारिएको छ । सिद्धार्थनगर नगरपालिका–५ स्थित श्री काली भक्ति गण (ई) (भैरहवा व्यारेक, रुपन्देही) नेपाली सेनाको ब्यारेकभित्र र सिद्धार्थनगर–४ स्थित श्री राम जानकी हनुमान मन्दिर परिसरमा रहेको पोखरीमा छठपूजा हुँदै आएको छ ।

    images
    images
    images

    छठ पूजाका लागि यी पोखरीमा सरसफाई रंगरोगनको काम भइरहेको छ । छठ पर्व मनाउनु वैज्ञानिक आधार पनि रहेको छठ पूजा समितिका अध्यक्ष समेत रहेका श्री राम जानकी हनुमान मन्दिर सेवा समितिका अध्यक्ष नरेन्द्र प्रसाद रौनियारले बताए । उनले छठ पर्वको ठूलो महत्व रहेको बताए ।

    ‘यो पर्वले परिवारमा सुख, शान्ति प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ, ’रौनियारले भने । छठ पूजाका लागि ७५ प्रतिशत बढी तयारी भइसकेको उनले जानकारी दिए ।

    ‘पूजाका लागि रहेका दुईवटा पोखरी सरसफाई र मञ्च व्यवस्थापन भइसकेको छ, कात्तिक २४ गते बुधबार दिउँसो ४ बजेदेखि राती १२ बजेसम्म छठ पूजाको महत्व बुझाउँदै भजनकिर्तनको आयोजना गरिएको छ, ’रौनियारले भने । विगत ५ वर्षदेखि यो पोखरीमा छठ पूजा हुँदै आएको उनले जानकारी दिए ।

    त्यस्तै श्री कालीभक्ति गण (ई) भैरहवा ब्यारेकभित्र ६० वर्षदेखि छठ पूजा हुँदै आएको श्री छठ पूजा समारोह समिति सि.न.पा ५ का कार्यक्रम संयोजक आनन्द प्रसाद गुप्ताले बताए । उनले पोखरी सरसफाई, रंगरोगन लगायत पूजाको तयारीका लागि नेपाली सेनाबाट पूर्ण रुपमा सहयोग पाइएको बताए । गुप्ताका अनुसार विगत ६० वर्षदेखि सेना व्यारेक भित्रको पोखरीमा छठ पूजा हुँदै आएको छ । ‘विगतका वर्षदेखि छठ पूूजास्थलमा भक्तजनको संख्या बढ्दै गएको छ, ’उनले भने ।

    पूजाका लागि पोखरीको छेउमा २ हजार १ सय वटा वेदी बनाइएको र ३५–४० हजार भक्तजन आउने गुप्ताले जानकारी दिए ।chatt 4 .jpg

     

    भक्तजनको चापलाई मध्यनजर गर्दै अर्को वर्षदेखि छठ पोखरी थप्ने तयारी रहेको उनले बताए । ‘छठ पुजामा सहभागि हुने भक्तजनको मनोकामना पुरा हुने विश्वास रहिआएको छ, यसको ठूलो महत्व छ, ’उनले भने । मधेशी समुदायले मात्र मनाउने छठ पर्व राष्ट्रिय पर्वको रुपमा मनाउने गरिएको र यो पर्वमा सरकारले सार्वजनिक विदा समेत दिएको उनले बताए ।

    श्री कालीभक्ति गणमा हुने पूजा कार्यक्रम गृहमन्त्री बालकृष्ण खांणको प्रमुख आतिथ्यतामा हुने श्री छठ पूजा समारोह व्यवस्थापन समिति सिद्धार्थनगर–५ ले जनाएको छ ।

    त्यस्तै ओमसतिया गाउँपालिका–४ स्थित बालापुरमा पनि छठपूजाका लागि तयारी गरिएको छ । श्री हनुमान मन्दिर युवा क्लब ओमसतिया–४ बालापुरको व्यवस्थापनमा डण्डा नदीको छेउमा पूजा हुने भएको छ । विगत ४ वर्षदेखि डण्डा नदीको किनारमा छठ पूजा हुँदै आएको श्री हनुमान मन्दिर युवा क्लबका अध्यक्ष उदय कुमार गर्गले बताए । ‘यहाँ ३ सय बढीको भक्तजनहरुको उपस्थिति हुन्छ, ’उनले भने ।

    chhat 3 n .jpg

    chhat 5.jpg

    barrack .jpg

    chhat 8 n .jpg

    chhat 9 n .jpgchhat 2 n.jpg

    chhat 6 n.jpg

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij