images

बुधवार, बैशाख १२ गते २०८१

तिहारमा १५ करोड बढी फूलको कारोबार

तिहारमा १५ करोड बढी फूलको कारोबार

images
images
images
बिहिवार, कार्तिक २५ २०७८
बिहिवार, कार्तिक २५ २०७८
  • तिहारमा १५ करोड बढी फूलको कारोबार

    काठमाडौं, २५ कात्तिक ।
    यस वर्षको तिहारमा रु १५ करोड २० लाख ७५ हजार फूलको कारोबार भएको छ । काराबार भएकामध्ये सबैभन्दा बढी सयपत्री फूल रु १२ करोड ७० लाख ५० हजार, मखमली रु एक करोड ६७ लाख ७५ हजार, गोदावरी रु ५२ लाख ५० हजार र ३० लाखको मखमली विभिन्न देशमा निर्यात भएको बताइएको छ ।  

    images

    फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङका अनुसार बजारमा १८ लाख ५० हजार मालाको माग भए पनि मागभन्दा बढी २१ लाख माला खपत भएको हो । उनका अनुसार गत वर्ष रु १३ करोड मूल्यको १६ लाख मालाको कारोबार भएको थियो । 

    तिहार सुरु हुनुभन्दा २० दिनअगावै गैर पुष्प व्यवसायीले समन्वय विना नै ठूलो मात्रामा भारतबाट सयपत्री फूलको माला आयात गरी कोल्डस्टोरमा स्टोरेज गरेका कारण बजार मागभन्दा अधिक आपूर्ति भएको र भारतीय सयपत्रीको मालाले बजार हिस्साको करिब ३० प्रतिशत खपत भएको र उक्त माला सस्तो भएकाले नेपाली उत्पादनले बजार नपाइ करिब १५ प्रतिशत सयपत्री फूलको माला फाल्नु परेको पनि अध्यक्ष तामाङले गुनासो गरे ।

    विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । हाल स्वदेशमा व्यवसायिक रूपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन् । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले फूलको खेती गर्दै आएका छन् ।  

    फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ । नेपालमा विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकाससँगै थप फस्टाउँदै गएको छ । रासस

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij