२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

भैरहवामा यसरी मनाइयो छठ (फोटो फिचर)

बिहिवार , कार्तिक २५, २०७८

  • 7.1K
    Shares
  • 7.1K
    Shares
  • भैरहवा, २५ कात्तिक । चार दिनसम्म धुमधामका साथ मनाइने छठ पर्वको आज अन्तिम दिन । बुधबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सकिएको छ ।

    व्रतालुहरूले भैरहवास्थित छठ पोखरीमा गई आज बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत र छठको समापन गरेका हुन् ।

    IMG_8964.jpg

    रुपन्देहीको भैरहवामा सजाइएका पोखरीमा उदाउँदो सूर्यलाई अर्घ दिनेहरूको भीड लागेको छ । भैरहवास्थित श्री कालीभक्ति गण (भैरहवा व्यारेक) र श्री राम जानकी हनुमान मन्दिरमा परिसरमा रहेको पोखरीमा सूर्यलाई अर्घ दिनेहरूको ठूलो भीड थियो ।

    मधेशमा मात्र सीमित पर्व अहिले राष्ट्रियव्यापी पर्व भएको श्री छठ पूजा समारोह समिति सिद्धार्थनगर–५ का संयोजक आनन्द प्रसाद गुप्ताले बताए । श्री राम जानकी हनुमान मन्दिर सेवा समितिका अध्यक्ष नरेन्द्र प्रसाद रौनियारले छठ पर्वको ठूलो महत्वपूर्ण रहेकाले छठ पोखरीमा भक्तजनको घुँइचो हुने गरेको बताए ।

    हेरौं भैरहवाको छठ पर्वका केही तस्विरहरु :

    IMG_8937.jpg

    IMG_8956.jpg

    IMG_8965.jpgIMG_8971.jpgIMG_8975.jpg

    IMG_8977.jpgIMG_8979 (1).jpg

    IMG_8931.jpg