२०८३, श्रावण ८ गते

Jul 24 2026 | २०८३, श्रावण ८ गते

लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन अन्त्य

बिहिवार , मंसिर २, २०७८

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • बुटवल । लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन अन्त्य भएको छ ।

    नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम  प्रदेश प्रमुख अमिक शेरचनले मंसिर १ गते बुधबार राती १२ः०० बजे देखि लुम्बिनी प्रदेश सभाको चालु नवौं अधिवेशन अन्त्य गरेको लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले बिज्ञप्ती जारी गर्दै जानकारी दिए। 

    लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन नेकपा एमालेले विरोध गर्दै सकिएको छ। नेकपा एमालेले सूर्यचिन्हबाट चुनाव लडेर विजय भएका सांसद्हरू अजय शाहि र विमला खत्री ओलीलाई पदमुक्त गर्नु पर्ने माग राख्दै विरोध गर्दै आएको छ।

    नवौं अधिवेशनको ११ औं बैठकमा पूर्व मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गरेका थिए। उनले अदालतबाट निर्णय नआउँदासम्म बैठक चल्न नदिने बताएका थिए।