
शुक्रवार , मंसिर ३, २०७८
बुटवल । नेपाली काँग्रेसको आगामी मंसिर २४(२६ गते काठमाडौंमा हुने १४ औं महाधिवेशनअन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र प्रदेश समितिको नेतृत्व चयनका लागि तय गरेको कार्यक्रम अनुसार आज प्रदेशसभा निर्वाचन क्षेत्रको निर्वाचन हुँदैछ। कार्यक्रमअनुसार प्रदेश अधिवेशन प्रतिनिधि पनि चयन हुने छन् ।
काँग्रेस केन्द्रीय महाधिवेशन २४(२६ मंसिरमा काठमाडौंमा हुने कार्यतालिका छ । महाधिवेशनको तीव्र तयारीमा लागेको कांग्रेसले शुक्रबार देशैभरिका तीन सय ३० प्रदेशमा अधिवेशन गर्न लागेको हो ।
नेपाली कांग्रेसमा वडा तथा पालिकास्तरमा देखिएको जस्तै प्रदेश तथा निर्वाचन क्षेत्रमा पनि स्पष्ट रूपमा दुई वटा प्याननल देखिएका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्ष र उनीइतर समूहबाट दुई प्यानल बनाएर चुनावी प्रतिस्पर्धा हुँदैन । काँग्रेसको प्रदेश क्षेत्र, महाधिवेशन प्रतिनिधि, जिल्ला अधिवेशनमा आकांक्षी पनि धेरै देखिएका छन्
कांग्रेसको नयाँ विधानअनुसार जिल्ला अधिवेशनको सभापति हुनका लागि क्षेत्रबाट महाधिवेशन प्रतिनिधि जितेर आउनुपर्छ । प्रदेशमा उम्मेदवार हुनका लागि प्रदेश महाधिवेशन प्रतिनिधि हुनुपर्छ। त्यसैले क्षेत्रमा हुने महाधिवेशन प्रतिनिधि छनोट निकै महत्वपूर्ण हुने छ।
आज प्रदेशअन्तर्गत रूपन्देही जिल्लामा ५ निर्वाचन क्षेत्रको निर्वाचन हुनेछ । यसै क्रममा रूपन्देही क्षेत्र नम्बर २ (क) को बुटवल उपमहानगरपालिका वडा नं. ११ मगरघाटस्थित मगरसंघको सभाहलमा अधिवेशन स्थल तय भएको छ । क्षेत्र नम्बर २ (ख) को बुटवल उपमहानगरपालिका वडा नं. ५ बालमन्दिरमा हुनेछ ।
रूपन्देही क्षेत्र नं. २ को प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र र प्रदेश प्रतिनिधिका लागि दुई प्यानल चुनावी मैदानमा रहेका छन् । जसमा प्रतिनिधिसभा क्षेत्रीय सभापतिमा देउवा इतरबाट हरि लम्साल र देउवा पक्षबाट काजीमान श्रेष्ठको नेतृत्वमा प्यानल घोषणा गरिएको छ।
त्यसैगरी प्रदेशसभातर्फ ’क’ मा लम्सालको प्यानलमा खड्क बहादुर महत र प्रदेशसभातर्फ ’ख’ मा परशुराम ढकाल तथा काजीमानको प्यानलमा ९क० मा माधवलाल देवकोटा र (ख) मा रामेश्वर श्रेष्ठ सभापतिमा उम्मेदवार बनेका छन् । सोही प्यानलबाट सचिव पदमा विमलराज भट्टराई र कुलबहादुर केसी तथा सहसचिव पदमा राजबहादुर क्षेत्री र मिलन थापालाई अगाडि सारिएको छ। रूपन्देही क्षेत्र नं. २ (क) को उपसभापतिमा कृष्णप्रसाद ज्ञवाली र गणेश पाठक, सचिवमा बालकृष्ण अर्याल र राममाया पौडेल तथा सहसचिव पदमा सनत गौतम र विष्णुमाया चिदीलाई अगाडि सारिएको छ । रूपन्देही क्षेत्र नं. २ (ख) को उपसभापतिमा रवीन्द्रमान श्रेष्ठ र चिन्तामणि भुसाल, सचिवमा कमला न्यौपाने र कृष्णबहादुर केसी तथा सहसचिवमा शिव आचार्य र दीपक घिमिरेलाई अगाडि सारिएको छ।
यता सभापति देउवा समूहबाट काजीमान प्यानलमा रूपन्देही क्षेत्र नं. २ प्रदेश सभा ’क’ मा माधवलाल देवकोटा तथा प्रदेश सभा ’ख’ मा रामेश्वर श्रेष्ठ सभापतिमा उम्मेद्वार छन् । उक्त समूहले प्रतिनिधि सभा क्षेत्रीय सचिवमा प्रजापाल गिरी र रामबहादुर थापा, सहसचिवमा आनन्द भगत श्रेष्ठ र सीता क्षेत्रीलाई अगाडि सारेको छ । प्रदेश सभा क्षेत्रीय समिति ’क’ को उपसभापतिमा राजु गुरुङ र सीता गौतम खनाल, सचिवमा देवप्रसाद खनाल र असिम थापा तथा सहसचिवमा भेषराज पोखरेल र धनकुमारी खनाललाई अगाडि सारिएको छ । त्यस्तै प्रदेश सभा क्षेत्रीय समिति ’ख’ को उपसभापतिमा सर्वजित केसी र प्रेमबहादुर बानियाँ, सचिवमा मीना जिसी र नारायण अधिकारी तथा सहसचिवमा नारायण खनाल र काशिराम शर्मा पौडललाई अगाडि सारिएको छ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij