
शुक्रवार , मंसिर ३, २०७८
बुटवल। देशकै नमूना अटो भिलेज मैनाबगर अटोल्याण्ड शुभारम्भ भएको छ । बुटवल(२ मैनाबगर क्षेत्रमा मैनाबगर अटो ल्याण्ड प्रा।लि।को बिहीबार शुभारम्भ भएको हो ।
बुटवल क्षेत्रका ४ जना युवा मिलेर करिब ८ करोड लागतमा सञ्चालनमा आएको उक्त अटो ल्याण्डको उद्घाटन गर्न लुम्बनी प्रदेशका मुख्यमन्त्री तथा मन्त्री नै पुगेका थिए । मुख्यमन्त्री कुल प्रसाद केसी र श्रम तथा यातायात मन्त्री पूर्मती ढेंगाले संयुक्त रुपमा उद्घाटन गरेका थिए।
सो अवसरमा बोल्दै मुख्यमन्त्री केसीले अटोका क्षेत्रमा लुम्बिनी प्रदेश अगाडि रहेको बताउँदै व्यवस्थापन र प्रवर्द्धनमा जोड दिनुपर्नेमा जोड दिए । उनले स्वदेशमै रोजगार सिर्जना गर्ने अटो क्षेत्रको विकासका लागि प्रदेश सरकारले बनाउनु पर्ने योजना र गर्नुपर्ने भूमिकाका लागि सहकार्य गर्न आवश्यक रहेको उल्लेख गर्दै अटो व्यवसायीका हितमा काम गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए।
श्रम तथा यातायात मन्त्री पुर्मती ढेँगाले यातायात क्षेत्र व्यवस्थित बनाउन विभिन्न पहल भएको जानकारी गराउँदै अटो व्यवसायीसंग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताईन् ।
मैनाबगर अटोल्याण्डका अध्यक्ष सुदन ज्ञवालीले भाडाका सवारीधनिको मर्कालाइ बुझेर २४ घन्टा सर्भिस दिनेगरी योजना बनाएको बताएका थिए । कम्पनीलाइ सातै प्रदेशमा बिस्तार गर्ने लक्ष सुनाउदै कम्पनिलाइ प्रालीबाट पब्लिक लिमिटेडमा लैजाने देखि मैनाबगरको अटो भिलेजलाइ स्थायी रुपमा अटो हवमा परिणत गरि पुर्वाधार बिकासमा लगानी गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
सुदन ज्ञवाली, अभिमन्यु पोख्रेल, नवराज सुवेदी र विष्णुप्रसाद पाण्डेको संयुक्त लगानीमा सञ्चालित उक्त अटो ल्याण्डमा ८ करोड लगानी र ४० जना भन्दा बढी रोजगाररत रहेको अध्यक्ष ज्ञवालीले बताए । सो कार्यक्रममा आफ्नै पौरखले कार निर्माण गरेका बुटवलका युवा अङ्कित रसाइलीलाई सम्मान गरिएको थियो।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij