images

शनिवार, बैशाख १५ गते २०८१

बन्दना पासीको हत्या आरोपमा श्रीमान पक्राउ

बन्दना पासीको हत्या आरोपमा श्रीमान पक्राउ

images
images
images
बिहिवार, मंसिर ९ २०७८
बिहिवार, मंसिर ९ २०७८
  • बन्दना पासीको हत्या आरोपमा श्रीमान पक्राउ

    बुटवल।

    images

    रुपन्देहीको लुम्विनी सास्कृतिक नगरपालिका ५ तेनुहवा बस्ने २२ वर्षीया युवती बन्दना पासीको हत्याको आरोपमा उनका श्रीमानलाई पक्राउ गरिएको छ।

    ट्याक्टरमा राखी लाश अन्तिम सस्कारका लागि लैजादै गरेको अवस्थामा देखेपछी प्रहरीले खोजतलास गरेको थियो। लाशजाँच मुचुल्का गर्दा मृतकको शरिरमा अन्य घाउचोटपटक नभई र निधारमा सानो कोतरिएको र शरिरको पछाडि कम्मर माथिको भागमा १२ ठाउमा बोधो चिजबस्तुले प्रहार गरे जस्तो घाउचोट देखिएकोले श्रीमानलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

    मृतकको श्रीमान गणेश पासीलाई तत्काल सोधपुछ गर्दा घरको सिढीबाट लडी मृत्यू भएको भनी बताएकोले घरमा हेर्दा भने बमोजिम घरको सिढीबाट खसी मृत्यू हुने जस्तो अवस्था नरहेको, मृतक पासी र श्रीमान गणेश पासी सुत्ने कोठाको बेड बिस्तारा यत्रतत्र छरिएको, मोवाईलको टुक्रा तथा फुटेका चुराको टुक्राहरु छरिएको, मृतकले लगाएको साडी लगाएतको कपडाहरु बोरामा हाली जलाउन लगिएको, बोरा भित्र चुन्नीमा रातो रगत जस्तो पदार्थ लागेको फेला परेकोले अनुसन्धानका लागि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ। 

    hasiya.jpg

    घटनास्थल तथा लाशजाँच गरि शबलाई पोष्टमार्टमको लागि लुम्विनी प्रादेशिक अस्पताल बुटवल पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। घटनाको विषयमा श्रीमान गणेश पासीलाई कार्यालयमा ल्याइ सोधपुछ अनुसन्धान गर्ने क्रममा आफैले कुटपिट गर्दा ज्यान गएको स्विकारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए।

    श्रीमान पासिलाई उदृत गर्दौ उनले भने -" कार्तिक २९ गते बेलुका घरमा आउदा श्रीमती पासीले मोवाइलबाट सिम झिक्दै गरेको देखी कुनै केटासंग लागेको छ, धोका दिन्छे भन्ने सोची लात्ता मुक्काले र काठको टुक्राले कुटपिट गरेको र सोही राती करिव ३ बजे तिर श्रीमतीको मृत्यू भएकोले भर्याङबाट लडी मृत्यू भएको भनी दाहसंस्कारको लागि लगेका हौ। " मृतकको श्रीमान संगै ट्याक्टरमा सवार भई राजु पासी फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij