images

शुक्रवार, बैशाख ७ गते २०८१

बन्दिपुरलाई मासु र दूधको हब बनाइँदै

बन्दिपुरलाई मासु र दूधको हब बनाइँदै

images
images
images
मंगलवार, मंसिर १४ २०७८
मंगलवार, मंसिर १४ २०७८
  • बन्दिपुरलाई मासु र दूधको हब बनाइँदै

    तनहुँ, १४ मंसिर ।

    images
    images
    images

    बन्दिपुर गाउँपालिकाले आफ्नो पालिकालाई मासु र दूध क्षेत्रमा ‘हब’ बनाउने गरी पशुपालन व्यवसायलाई प्राथामिकता दिएको छ ।

    गाउँपालिकाले पशुपालन किसानलाई प्रोत्साहन गर्न दूध तथा मासुमा अनुदानका कार्यक्रमलाई प्राथमिकता दिएको र पाँच वर्षभित्र आत्मनिर्भर बनाउने लक्ष्यसहित बन्दिपुर–१ नहालामा पशुपक्षी विकास शाखाको भवन निर्माण गरेर सेवा दिन थालेको छ ।

    स्थानीयवासी छलिमाया श्रेष्ठले करिब रु एक करोड मूल्य बराबरको उन्नाइस आना जग्गा निःशुल्कः उपलब्ध गराएपछि नेपाल लाइभस्टक सेक्टर इनोसेसन (एनएलएसआइपी)को सहयोगमा एक करोड रुपैयाँको लागतमा उक्त भवन निर्माण गरिएको हो ।

    गाउँपालिकाले दूध प्रतिलिटर एक रुपैयाँ अनुदान दिनाका साथै मासु उत्पादनमा पनि प्रोत्साहनका लागि अनुदान दिने तयारी गरेको छ । यस भवनबाट पशुपालन किसानलाई दिइने सेवा, उत्पादन वृद्धि, पशुमा कृत्रिम गर्भाधान, प्रयोगशाला, प्राविधिक सुझाव, घाँसको बिरुवा वितरण र आवश्यक सिफारिस दिन सहज भएको पशुपक्षी विकास शाखाका प्रमुख मधुविलास न्यौपानेले जानकारी दिए ।

    उक्त भवनबाट सेवा प्रवाह गर्न थालेसँगै गाउँपालिकाका व्यावसायिक पशुपालन किसानलाई थप प्रोत्साहन गर्न सहज भएको उनले बताए । व्यवसायिक पशुपालनलाई प्रोत्साहन गर्न थालेकाले यसतर्फ उनीहरूको आर्कषण बढ्दै गएको हो । रासस

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij