२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बुद्ध पार्कलाई पार्ककै रुपमा विकास गर्नुपर्छ : स्थानीयवासी

मंगलवार , श्रावण ६, २०७७

भैरहवा, ६ साउन ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ दुर्गापथ र महामायापथका स्थानीयवासीले विगत १०÷१५ वर्षदेखि संरक्षण तथा रेखदेख गर्दै आएको र आगामि दिनमा पार्कको रुपमा बिस्तार गर्न लागिएको भन्दै जग्गा प्रयोग गर्न नदिने बताएका छन् ।

उक्त जग्गामा व्यवस्थित पार्क निर्माणको लागि नगरपालिकाबाट प्रक्रिया सुरु भएको भन्दै स्थानियले पार्क बाहेक अन्य प्रयोजनको लागि जग्गा प्रयोग नगर्न चेतावनी दिएका छन् । पार्क निर्माणका लागि नगरपालिकाले १० लाख बजेट बिनियोजना गरिएको बताउदै पार्कलाई व्यवस्थीत गर्न स्थानिय लागिरहेको बताएका छन् । 

यसै आर्थिक वर्षमा नगरपालिकाको आर्र्थिक सहयोगबाट थप व्यवस्थित र सुरक्षित गर्न माटो पाट्ने र पर्खाल लगाउने कार्य भइरहेको अवस्थामा अनावश्यक रुपमा सामाजिक सञ्जालमा पोष्ट गरिएको विषय आपत्तिजनक रहेको उनीहरुको भनाइ छ ।
मंगलबार भैरहवामा पत्रकार सम्मेलन गर्दै सि.न.पा.–३ दुर्गापथ महामाया पथका टोलवासीले सरकारी जग्गालाई पार्कको रुपमा विकास गर्न खोज्दा केही व्यक्तिले आक्रोशित रुपमा सामाजिक सञ्जालमा पोष्ट गरिएको घटनाले दुःखित बनाएको बताएका छन् ।

बुद्ध पार्क निर्माण उपभोक्ता समितिका सचिव पवन थापाले वडा नम्बर ३ का स्थानीयवासीको विरोधका बाबजुद कुनै पनि बहानामा अन्य प्रयोजनका लागि जग्गा प्रयोग गरिए आफुहरुलाई मान्य नहुने बताए । 

पार्कका अनुगमन समिति सदस्य उत्तम श्रेष्ठले पार्र्कको संरक्षण गर्न सम्पूर्ण वडावासीहरुले जिल्ला प्रशासन कार्यालय रुपन्देही र सिद्धार्थनगर नगरपालिकामा निवेदन समेत पेश गरिसकेको बताए । स्थानीयवासी तथा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष दिनेश गुरुङको सहयोग तथा स्थानीयवासीको श्रमदानमा करिब ३ कट्ठामा रहेको पार्कमा वृक्षारोपण, तारबार तथा बोर्ड लगाउने कार्य भएको श्रेष्ठले जानकारी दिए ।