images

बिहिवार, चैत्र १५ गते २०८०

कांग्रेस लुम्बिनी अधिवेशन : नेतृत्वमा शाह र पुनमध्ये को बलियो

कांग्रेस लुम्बिनी अधिवेशन : नेतृत्वमा शाह र पुनमध्ये को बलियो

images
images
images
बुधवार, मंसिर १५ २०७८
बुधवार, मंसिर १५ २०७८
  • कांग्रेस लुम्बिनी अधिवेशन : नेतृत्वमा शाह र पुनमध्ये को बलियो

    बुटवल । नेपाली कांग्रेसको वडा, नगर, क्षेत्र हुँदै जिल्लाको अधिवेशन सकेर अब प्रदेशअधिवेशनमा प्रवेश गरेको छ। लुम्बिनी प्रदेशअधिवेशन मंसिर १६ गतेदेखि शुरू हुदैछ।

    images
    images
    images

    नेपाली कांग्रेसका गृहमन्त्री बालकृष्ण खाँण, संघिय संसदको सार्वजनिक लेखा समिति सभापति भरत कुमार शाह, बरिष्ठ नेता चन्द्र भण्डारी, देबेन्द्रराज कंडेल, अमर पुन लगायतका नेताहरुको गृह प्रदेश लुम्बिनीमा प्रदेश अधिवेशनको अन्तिम तयारी थालिएको छ। वडा, नगर क्षेत्र तथा जिल्लामा संस्थापन पक्ष र संस्थापन ईतर समुह बनाएर निर्वाचनमा गएको कांग्रेसले लुम्बिनी प्रदेश अधिवेशनको लागि पनि प्यानल बनाएर चुनावमा भिड्ने सम्भावना देखिन्छ।

    वडामा स्थान नपाएकाले नगर, नगरमा नपाएकाले क्षेत्र,  क्षेत्रमा नपाएकाले जिल्लामा र जिल्लामा नपाएकाले प्रदेशमा आकांक्षा ब्यक्त गरिरहेका छन् भने केही नेताहरुको प्रतिनिधिमै पराजित भएपछि अगाडि बढ्ने चाहाना नै ढलेको छ। कांग्रेस लुम्बिनीका नेताहरुले आ आफ्नो दाबि गर्दै माहोल बनाउदै मतमाग्न थालेका छन्।

    संघियतामा आएर बनेको नयाँ पदलाई कुनै पनि पक्षले छोड्न चाहाँदैनन्। केन्द्रीय राजनीतिमा समेत राम्रो प्रभाव पारेका नेताहरुको प्रदेश भएकाले पनि कांग्रेस लुम्बिनीको नेतृत्वको विषय चासोका साथ हेरिएको छ। जिल्ला अधिवेशन सक्दासाथ एमाले महाधिवेशनकै समयबाट पनि भित्रि रुपमा प्रचार गरिएको नेताहरुले जनाएका छन्।

    संस्थापनबाट भरतकुमार शाह र सस्थापन ईतरबाट अमर पुन  चुनावी मैदानमा देखिएका छन्। संस्थापन पक्षबाट नेता शाहले आफू प्रदेश नेतृत्व लिने गरी अगाडि बढेको बताएका छन् । उनले सबैलाई व्यवस्थापन गरेर अगाडि आएको बताएका छन्।

    उनले भने – ‘अन्य साथिहरुले पनि आकांक्षा देखाउनु भएको छ, मिल्यो भने सर्वसम्मत नेतृत्व बनाउछौ, नभए निर्वाचनमा जान्छौं।’ उनले आफुलाई प्रधानमन्त्री एवं गृहमन्त्रीको निर्देशनअनुसार नै उम्मेद्वारीको दाबेदारी घोषणा गरेको प्रतिक्रिया दिएका छन्। उनले भने –‘प्रधानमन्त्रीज्यू र गृहमन्त्रीज्यूले मलाई अगाडि बढ्ने निर्देश गरेबमोजिम म सभापतिमा उठ्छु, मेरो नेतृत्वमा प्रदेश कांग्रेसलाई अगाडि बढाउनुपर्छ।’

    लुम्बिनीका जिल्ला र क्षेत्रमा बलियो स्थान बनाएको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट रोल्पाका निवर्तमान सभापति अम्मर पुन बनेका छन्। उनी पूर्व राज्यमन्त्री समेत हुन्। सभापतिका दाबेदार पुनले आफू कुनै पनि हालतमा उम्मेदवार बन्ने बताए। ‘हाम्रो समूहबाट म बाहेक अरु कोही पनि दाबेदार छैनन्,’ पुनले कुराकानी गर्दै भने, ‘कांग्रेसलाई सुदृढ र गतिशील बनाउन मेरो नेतृत्व आवश्यक छ।’ पुनलाई कांग्रेस नेता डा. शेखर कोइरालाको पनि दह्रो साथ छ।

    शाह कति बलियो ?

    रूपन्देहीको ५ नम्बर निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्य भरतकुमार शाह अहिले संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति भएपछि चर्चामा छन्। उनी ३ पटक रुपन्देहीबाट निर्वाचित भइसकेका छन्। उनी देउवा निकट नेता हुन्। यता प्रतिनिधिको हिसावमा पुन भन्दा शाह कमजोर छन्। रुपन्देही, बाँके र बर्दियामा प्रतिनिधिको संख्या संस्थापन पक्षको बढि छ। शाहले जित्न क्रस मत ल्याउनुपर्ने देखिन्छ।

    पुन कति बलियो ?

    रोल्पाका पुनले जिल्लाका सबै स्थानीय तहमा आफू निकट उम्मेदवारलाई सर्वसम्मत नेतृत्वमा पु¥याएका छन्। आमजनतामा लोकप्रियता र पार्टीको गुटमा पर्नुबाहेक भौगोलिकताले पनि प्रदेश नेतृत्व चयनलाई प्रभाव पार्न सक्छ। प्रतिनिधिको हिसाबमा पनि पुन शाह भन्दा बलियो उम्मेद्वार हुन्। बाँके र बर्दियाबाहेकका जिल्लामा संस्थापन ईतर समुहका प्रतिनिधिको संख्या बढि हुँदा उनलाई जितमा सहज देखिएपनि मतदातालाई आफुसंग अडाएर राख्नुपर्ने अवस्था रहन्छ।

    देश संघीय संरचनामा गएको ४ वर्ष भए पनि कांग्रेसले हालसम्म प्रदेश संरचना बनाएको थिएन। अबको अधिवेशनमा कांग्रेसका प्रदेश सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री पनि चयन हुनेछन्। कांग्रेसको प्रदेश अधिवेशन भैरहवामा हुँदैछ।

    प्रदेश अधिवेशनको संयोजक गृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई बनाइएको छ। प्रत्येक जिल्लामा रहेका प्रतिनिधिसभा क्षेत्रबाट चुनिएका महाधिवेशन प्रतिनिधि, प्रदेशसभा क्षेत्रबाट आएका क्षेत्रीय प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरू र सांसद पनि प्रदेश अधिवेशनका मतदाता हुन्। लुम्बिनी प्रदेशमा रहेका १२ जिल्लाभित्र साविक लुम्बिनी, राप्ती र भेरी अञ्चलको आञ्चलिक मनोविज्ञान पनि अझै बाँकी छ।

    आञ्चलिक मनोविज्ञानले पनि कांग्रेसको प्रदेश नेतृत्वमा को उम्मेदवार बन्छ र को विजयी बन्छ भनेर अर्थ राख्ने कतिपयको बुझाइ छ। कांग्रेसको महाधिवेशन हुनुअघि प्रदेश अधिवेशन हुँदैछ। कांग्रेस महाधिवेशन आगामी मंसिर २४–२६ गतेसम्म काठमाडौंमा हुँदैछ।

    कांग्रेसको जिल्ला सभापतिमा पौडेल पक्ष बलियो देखिएको छ भने महाधिवेशन प्रतिनिधिमा दुवै समूहका बराबर जस्तै छन्।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij