२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

कांग्रेस महाधिवेशन : लुम्बिनीमा १० बजेदेखि मतदान

शनिवार , मंसिर १८, २०७८

भैरहवा ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेबाट मतदान हुने भएको छ । 

भैरहवास्थित महेन्द्र सभागृहमा जारी प्रदेश अधिवेशन अन्तरगत बिहान ८ बजेबाट हुने भनिएको मतदान कार्यतालिका संशोधन गर्दै १० बजेबाट सुरु गर्ने गरी तयारी गरिएको निर्वाचन समितिका संयोजक डा. बुद्धबहादुर थापाले जानकारी दिए । 

लामो समयसम्म सहमतिका लागि समय माग गरिए पनि सहमति नभएपछि लुम्बिनी प्रदेशमा सस्थापन र संस्थापन इतर दुवै समुहले प्यानल खडा गरेर चुनावी मैदानमा होमिएका छन् ।

संस्थापन समूहबाट संघीय संसदको सार्वजनिक लेखा समितिका संयोजक भरतकुमार शाहको नेतृत्वमा प्यानल तयार भएको छ भने संस्थापन ईतरबाट संविधानसभा सदस्य, रोल्पाका निर्वतमान जिल्ला सभापति अमरसिंह पुनको नेतृत्वमा प्यान खडा भएको छ । 
शाहलाई कांग्रेस केन्द्रिय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँण, पूर्व राज्यमन्त्री देवेन्द्रराज कंडेलले सर्मथन गरेका छन् भने पुनलाई केन्द्रिय सदस्य डा. चन्द्र भण्डारी, दिपक गिरी लगायतका नेताले सर्मथन गरेका छन् । पुनलाई प्रदेशका अधिंकाश जिल्लाका पूर्व पार्टी सभापतिहरुको समेत सर्मथन रहेको छ । 

१२ जिल्ला रहेको रहेको लुम्बिनी प्रदेशमा ९ जिल्ला सभापतिले पुनलाई समर्थन गरेका छन् । बाँकी २ जिल्लाका सभापतिले शाहलाई सर्मथन गरेका छन् । संस्थापन पक्षले रुपन्देही र बर्दिया जितेको छ । बाँकेमा भने निर्वाचन भएको छैन् ।