२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

सुरुवाती चरणमै पुन समुहको फराकिलो अग्रता

आइतवार , मंसिर १९, २०७८

भैरहवा। नेपाली काङग्रेसको लुम्बिनी प्रदेश अधिवेशनमा राल्पाका अमरसिंह पुनको समुहले अग्रता लिएको छ। पुनको समुहले सुरुवाती चरणबाटै फराकिलो मतले अग्रता लिएको हो। 

गएराती शुरु भएको मतगणनामा बिहान देखि पदाधिकारीको मतगणना शुरु गरिएको थियो। २ सय ६५ मत गन्दा पुनले १५७ मत प्राप्त गरेका छन् भने रुपन्देहीका भरतकुमार शाहले १०७ मत प्राप्त गरेका छन्। २६५ मत गन्दा पुन ५० मतले शाह भन्दा अगाडि छन्। 

त्यस्तै पदाधिकारीमा पनि पुन समुहका उम्मेदवारले नै अग्रता लिएको छ। उपसभापतिमा अष्टपुजा पाठक र भुवनप्रसाद श्रेष्ठले अग्रता लिएका छन्। पाठक र श्रेष्ठले समान १ सय ५० मत प्राप्त गरेका छन्। पाठक र श्रेष्ठ पुन समुहबाट लडेका छन्। यता शाह समुहबाट उपसभापति लडेका राजु खनाल र सुधाकरण पाण्डेले क्रमश १०९ र १०२ प्राप्त गरेका छन्। 

महामन्त्रीमा पनि पुन समुहले नै अग्रता लिएको छ। महामनत्रीमा बिक्रम खनाल र सुरेन्द्रराज आर्चायले लिड गरेका छन्। खनालले १६२ मत प्राप्त गरेका छन् भने आर्चायले १५६ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्दी खिमानसिंह रायमाझीले ८२ र जन्मजय तिमल्सीनाले ९२ मत प्राप्त गरेका छन्। 

सहमहामन्त्री खुल्ला तर्फ बिष्णु खानाल मुस्कानले १६३, खगराज पाण्डेले १४१ र महिला तर्फ सहमहामन्त्रीमा निमा गिरीले १४२ मत प्राप्त गरेका छन्। सहमहामन्त्रीमा पनि पुन समुहकै अग्रता छ। 

शनिबार बिहान ११ बजेदेखि भैरहवा स्थित महेन्द्र सभा गृहमा सुरु भएको मतदान साँझ करिव ६ बजे सकिएको थियो। ६ बजे नै मतदान सकिएपनि गणना भने ढिला गरि करिव पौने बजेतिर सुरु भएको हो । 

मतदानमा कुल १ हजार ६३१ मत खसेको थियो। लुम्बिनी प्रदेश अधिवेशनमा १ हजार ६७० मतदाता थिए। मतदानमा नेतृत्व लिनको लागि ५१ प्रतिशत अर्थात ८ सय ३२ मत ल्याउनु पर्ने छ।प्रदेशको नेतृत्व लिन सभापति शेरबहादुर देउवाको समुहबाट भरतकुमार शाह र देउवा ईतर समुहबाट अमरसिंह पुनको नेतृत्वमा प्यानल सहित प्रतिस्पर्धामा छन्।