
आइतवार , मंसिर १९, २०७८
भैरहवा। मतगणनाको सुरुवाती चरण देखिनै अग्रता लिएको अमरसिहं पुन समुहले मतान्तरलाई झनै फराकिलो बनाउदै लगेको छ । ३६५ मत गन्दा ६९ मतान्तरले अगाडि रहेका रोल्पाका अमरसिहं पुन ४७८ मत गन्दा २९५ मतका साथ आफनो अग्रता कायमै गरेका छन्। उनका प्रतिद्वन्दी भरतकुमार शाहले ४७८ मत गन्दा १७८ मत प्राप्त गरेका छन् । शाह समुह शुरु देखि नै पछाडि परेको छ।
त्यस्तै पदाधिकारीमा पनि पुन समुहका उम्मेदवारको अग्रता कायमै रहेको छ । उपसभापतिमा अष्टपुजा पाठक र भुवनप्रसाद श्रेष्ठले अग्रता लिएका छन्। पाठकले २७६ र श्रेष्ठले २८६ मत प्राप्त गरेका छन्। पाठक र श्रेष्ठ पुन समुहबाट लडेका छन्।
यता शाह समुहबाट उपसभापति लडेका राजु खनाल र सुधाकर पाण्डेले क्रमश १९३ र १४९ प्राप्त गरेका छन्।
महामन्त्रीमा पनि पुन समुहले नै अग्रता लिएको छ। महामनत्रीमा बिक्रम खनाल र सुरेन्द्रराज आर्चायले लिड गरेका छन्। खनालले २९३ मत प्राप्त गरेका छन् भने आर्चायले २८३ मत प्राप्त गरेका छन्।उनका प्रतिद्वन्दी खिमानसिंह रायमाझीले १५४ र जन्मजय तिमल्सीनाले १६० मत प्राप्त गरेका छन्।
सहमहामन्त्री खुल्ला तर्फ बिष्णु खानाल मुस्कानले २९१, खगराज पाण्डेले २६२ र महिला तर्फ सहमहामन्त्रीमा निमा गिरीले २७० मत प्राप्त गरेका छन्। सहमहामन्त्रीमा पनि पुन समुहकै अग्रता छ।
शनिबार बिहान ११ बजेदेखि भैरहवा स्थित महेन्द्र सभा गृहमा सुरु भएको मतदान साँझ करिव ६ बजे सकिएको थियो। मतदानमा कुल १ हजार ६३१ मत खसेको थियो। लुम्बिनी प्रदेश अधिवेशनमा १ हजार ६७० मतदाता थिए। मतदानमा नेतृत्व लिनको लागि ५१ प्रतिशत अर्थात ८ सय ३२ मत ल्याउनु पर्ने छ।
प्रदेशको नेतृत्व लिन सभापति शेरबहादुर देउवाको समुहबाट भरतकुमार शाह र देउवा ईतर समुहबाट अमरसिंह पुनको नेतृत्वमा प्यानल सहित प्रतिस्पर्धामा छन्।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij