२०८२, फाल्गुण १ गते

Feb 13 2026 | २०८२, फाल्गुण १ गते

काग्रेस महाधिबेशन : लुम्बिनीमा सस्थापन ईतरका अमरसिंह पुन बिजयी 

सोमवार , मंसिर २०, २०७८

  • 5.0K
    Shares
  • 5.0K
    Shares
  • भैरहवा। नेपाली कांग्रेसको लुम्बिनी प्रदेश समितिको सभापतिमा सस्थापन ईतरका अमरसिंह पुन बिजयी भएका छन्। 

    नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत जारी मतगणनामा ५८ मत गन्न बाँकी रहदै १०१ मतले अगाडि हुँदा अमरसिंह पुन बिजयी भएका हुन्। 

    मतगणना स्थलमा रहेका निर्वाचन समिति सदस्य अब्दुल रहमानका अनुसार ५८ मत गन्न बाँकी रहदा अमरसिंह पुनले ८३१ मत ल्याएका छन्। उनका प्रतिद्वन्दी भरतकुमार शाहले ७३० मत प्राप्त गरेका छन्। 

    जारी मतगणनामा पुन समुहको प्यानलका उपसभापति अष्टभुजा पाठक बाहेकका अन्य पदाधिकारीको जीत सुनिष्चत रहेको बताईएको छ। पाठक र सस्थापनका राजु खनाल वीच कडा प्रतिष्पर्धा रहेको बुझिएको छ।