images

बिहिवार, चैत्र १५ गते २०८०

कांग्रेस लुम्बिनीमा एक उपसभापतिबाहेक संस्थापन ईतरका पुन प्यानल विजयी

कांग्रेस लुम्बिनीमा एक उपसभापतिबाहेक संस्थापन ईतरका पुन प्यानल विजयी

images
images
images
सोमवार, मंसिर २० २०७८
सोमवार, मंसिर २० २०७८
  • कांग्रेस लुम्बिनीमा एक उपसभापतिबाहेक संस्थापन ईतरका पुन प्यानल विजयी

    भैरहवा । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश समितिमा एक उपसभापतिबाहेक संस्थापनईतर समूहका अमरसिंह पुन समुहको प्यानल नै विजयी भएको छ । सुरुदेखि नै पुन समुहले अग्रता लिए पनि अन्तिम समयमा पुन समूहका उपसभापति अष्टभुजा पाठक झिनो मतले पछाडि परेका थिए । 

    images
    images
    images

    पदाधिकारीमा उपसभापतिका उम्मेदवार पाठकबाहेक अमरसिंह पुनको प्यानल विजयी भएको छ । 

    सभापतिमा निर्वाचित पुनले ८५२ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्दी भरतकुमार शाहले ७६७ मत ल्याएका छन् । पुन ८५ मतले उछिन्दै कांग्रेस लुम्बिनीको बागडोर सम्हाल्ने मौका पाएका हुन् ।

    रुपन्देहीबाट चुनौवी मैदानमा उक्रिएका शाह र पाठकले पराजय भोगेका छन् । शाह संघीय संसदको सार्वजनिक लेखा समिति सभापति हुन् । उनलाई गृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कंडेलले सर्मथन गरेका थिए । पुन समुहलाई केन्द्रिय सदस्य चन्द्र भण्डारी, दिपक गिरी लगायतले समर्थन गरेका थिए। 

    उपसभापतिमा पुन समुहका भुवन प्रसाद श्रेष्ठ र शाह समुहका राजु खनाल निर्वाचित भएका छन् । श्रेष्ठले ८४७  मत प्राप्त गरेका छन भने खनालले ७९२ मत प्राप्त गरेका छन् । पाठकले ७७२ मत पाएका छन् । उनी २० मतले पराजय भोगेका छन् ।

    महामन्त्रीमा पनि पुन समुहकै विक्रम खनाल र सुरेन्द्रराज आचार्य निर्वाचित भएका छन् । खनालले ८४४ र आर्चायले ८३९ मत प्राप्त गर्दै विजयी भएको निर्वाचन समितिका सदस्य अब्दुल रहमान खानले जानकारी दिए । 

    त्यसै गरी सह–महामन्त्रीमा विष्णु खनाल मुस्कान र खगराज पाण्डेय विजयी भएका छन् । खनालले सर्वाधिक ८६९ मत प्राप्त गरेका छन् भने पाण्डेयले ७७६ मत प्राप्त गरेका छन् । महिला सह–महामन्त्रीमा निमा गिरी विजयी भएकी छन् । उनले ८३० मत प्राप्त गरेकी छन् ।

    १४ औं महाधिवेशन अन्तर्गत भएको प्रदेश अधिवेशनमा कूल १ हजार ६३१ मत खसेको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij