२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

भारतमा ओमिक्रोनका २१ संक्रमित भेटिए

सोमवार , मंसिर २०, २०७८

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • नयाँ दिल्ली, २० मंसिर ।
    भारतमा ओमिक्रोन भाइरसका कम्तीमा पनि २१ जना नयाँ संक्रमित देखिएका छन् । हालै अफ्रिकामा देखिएर विश्वका अरु देशसम्म पुगेको भनिएको कोरोना भाइरसको यो भेरियन्ट भारतमा केही दिनमात्र अघि देखिएको थियो । यहाँ आइतबार बिहानसम्म पाँच जना मात्र संक्रमित रहेकामा त्यसमा बृद्धि भएर साँझसम्ममा २१ जना पुगेका हुन् ।

    यीमध्ये जयपुरबत्राट नौ जना संक्रमित भेटिएको बताइएको छ । त्यसै गरी सात जना महाराष्ट्रबाट भेटिएका पनि बताइएको छ । अरु संक्रमितहरु नयाँ दिल्लीमा नै भेटिएका छन् । 

    आइतबार एकै दिन १७ जना संक्रमित भेटिएपछि भारतमा ओमिक्रोनबाट सतर्क रहन सरकारले देशव्यापी रुपमा सूचना जारी गरेको बताइएको छ । नयाँ दिल्लीबाहेक अरु थप २ जना कर्नाटकबाट पनि भेटिएका बताइएको छ । पहिलो संक्रमण केही दिनमात्र अघि दक्षिण अफ्रिकाबाट आएकामा देखिएको थियो । रासस/सिन्ह्वा