२०८३, कार्तिक ८ गते

Oct 25 2026 | २०८३, कार्तिक ८ गते

रुपन्देहीमा झण्डै १५ लाख बराबरको सामान बरामद

आइतवार , कार्तिक ८, २०८३

  • 232
    Shares
  • 232
    Shares
  • भैरहवा, ८ कार्तिक । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले झण्डै १५ लाख रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरेको छ । कार्यालयबाट खटिएको टोलीले शनिबार सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ बाट बेवारिसे अवस्थामा रहेको अन्दाजी मूल्य १४ लाख ८५ हजार ७ सय ४० रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको हो ।

    प्रहरी निरीक्षक चन्द्र किशोर शाहका अनुसार बरामद गरिएको सामानमा टाउजर २६५ पिस, बच्चाको ज्याकेट ८० पिस, बच्चाको सुईटर ८५० पिस, ज्याकेट ६० पिस र मोजा ४५० जोर रहेका छन् । सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको रुपन्देही प्रहरीले जनाएको छ ।