
बुधवार , मंसिर २२, २०७८
भैरहवा, २२ मंसिर ।
नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) भैरहवा बहुमुखी क्याम्पस मुल इकाई समितिले संगठन विस्तार अभियानलाई निरन्तरता दिएको छ । यसैबीच अखिल (क्रान्तिकारी)ले बुधबार व्यवस्थापन संकाय अन्तर्गत बी.बी.एस. दोस्रो वर्षमा कक्षा कमिटी गठन गरेको छ । सोनु यादवको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गरिएको अखिल (क्रान्तिकारी) भैरहवा बहुमुखी क्याम्पस मुल इकाई समितिका अध्यक्ष मनिष ढकालले बताए ।
कमिटीको उपाध्यक्षमा अनिता श्रीपाली, दिपु यादव, सचिवमा शैलेन्द्र चौहान, सह-सचिवमा सुवास जैसवाल, जुनु खड्का, कोषाध्यक्षमा शेषमान यादव, सह-कोषाध्यक्षमा शैलेश यादव र पुजा यादव रहेको अखिल (क्रान्तिकारी) भैरहवा बहुमुखी क्याम्पस मुल इकाई समितिका सचिव विनोद घिमिरेले बताए ।
त्यस्तै सदस्यमा प्रेरणा बराईली, सुरज ज्ञवाली, अशोक ओली, विनोद घिमिरे, सन्तोष पाण्डे, गोविन्द सहानी, फुल कुमारी हरिजन, निर्मला लोध, रितेश जैसवाल, रिचा बनिया, पुनम चौधरी, मञ्जु सुनार, प्रतिमा चौधरी, दिपिका नेपाली, अनिशा गुरुङ, लीजा आले, महिमा थापा, मीना थापा मगर, महेश केवट, सुरु कुंवर र जगदिश यादव रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij