२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

अनेरास्ववियुद्वारा भैरहवा बहुमुखी क्याम्पसमा संगठन विस्तार

बुधवार , मंसिर २२, २०७८

  • 4.2K
    Shares
  • 4.2K
    Shares
  • भैरहवा, २२ मंसिर ।
    नेपाल कम्युनिष्ट नेपाल (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भैरहवा बहुमुखी क्याम्पस कमिटीले व्यवस्थापन संकाय प्रथम वर्षमा संगठन विस्तार गरेको छ । बुधबार बी.बी.एस.प्रथम वर्ष (सेक्सन ए)मा संगठन विस्तार गरिएको अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष सागर न्यौपानेले बताए । सन्नी कलवारको अध्यक्षतामा ५१ सदस्यीय कक्षा कमिटी गठन गरिएको न्यौपानेले जानकारी दिए । कमिटीको उपाध्यक्षमा विनय यादव, सचिवमा सन्तोष यादव, सह–सचिवमा अल्का कुमारी ठाकुर, बह्रमानन्द यादव, कोषाध्यक्षमा रोमन झा, सह–कोषाध्यक्षमा असरफ अलि देवान, रामु बरई, संगठन विभाग प्रमुखमा अन्जनी वर्मा र सूचना विभाग प्रमुखमा सरोज यादव रहेका छन् ।

    त्यस्तै सदस्यमा आर्यन खान, नवराज सिंह ठकुरी, शैलेश पाल, रामनन्द यादव, मधुसुदन पौडेल, आशिष कुमार यादव, पंकज यादव, सगुन बेल्दार, सरोज यादव, बिना यादव, रामु बरई, शरद यादव, महाबीर सहानी, प्रजिता थापा, शिवानी शर्मा, रचना खनाल, अजित अग्रहरी, कृष्ण कुमार मौर्य, भाष्कर कर्ण, इच्छा गुरुङ, सिर्जता थापा, मुकेश यादव, पुजा मल्ल, रक्षा न्यौपाने, अनिशा राना, सौरभ श्रीवास्तव, अंशिका सिंह राथौड, बालमुकुन्द यादव, मुकेश यादव, अन्जनी वर्मा, बब्लु गुप्ता, अवधेश धवल, राकेश यादव, नम्शु राना, दिपना मिदुन, मधुका थापा, माया अधिकारी, रावल सापकोटा, अमित धवल, उमा गुप्ता, अल्का कुमारी ठाकुर, छीपा बनिया, एलिजा सिद्दिकी, पुजा गरी, दुर्गा मल्लाह, रुपा सहानी र आकृति श्रेष्ठ रहेका छन् ।

    कार्यक्रममा बोल्दै अनेरास्ववियुका केन्द्रीय सदस्य सरोज ठकुरीले अनेरास्ववियुले विद्यार्थीको हकहितमा निरन्तर आवाज उठाउँदै आएको बताए ।

    अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पसका सूचना विभाग प्रमुख प्रतिक नेपालले क्याम्पसमा पहिलो चरणको संगठन विस्तार अभियान सुरुवात गरिएको जानकारी दिए ।