२०८२, फाल्गुण १ गते

Feb 13 2026 | २०८२, फाल्गुण १ गते

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित

बुधवार , मंसिर २९, २०७८

  • 5.6K
    Shares
  • 5.6K
    Shares
  • काठमाडौँ। शेरबहादुर देउवा नेपाली काग्रेसको सभापतिमा निर्वाचित भएका छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा पार्टीको १४औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित भएका हुन्। 

    सभापति पदका लागि मङ्गलबार भएको पुनः मतदानबाट देउवा दोस्रो कार्यकालका लागि सभापतिमा विजयी भएका हुन्।  देउवाले प्रतिस्पर्धी डा शेखर कोइरालालाई ८७८ मतान्तरले पाराजित गर्दै विजयी भएका हुन्।

    मङ्गलबार राति सम्पन्न मतगणनामा जम्मा खसेको मत ४ हजार ६२३ मा देउवाले २ हजार ७३३ मत प्राप्त गरे भने डा कोइरालाले १ हजार ८५५ मत प्राप्त गरेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। जम्मा ३५ मत बदर भएको थियो। 

    दिउँसो ३ः३० बजेदेखि सुरु भएको मतदान राति ९ बजे सम्पन्न भएको थियो। मतदानमा कुल चार हजार ७४३ मतदातामध्ये चार हजार ५७४ ले मतदान गरेका थिए। सोमबार भएको निर्वाचनमा सभापति पदका पाँच जना प्रत्यासी कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउएका देउवा र कोइरालाबीच मङ्गलबार पुनः मतदान भएको थियो।  

    सोमबार भएको मतदानमा देउवाले दुई हजार २५८ र उहाँका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए। सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५०, र केन्द्रीय सदस्य कल्याण गुरूङले २२ मत प्राप्त गरेका थिए।