
सोमवार , पौष ५, २०७८
काठमाडौँ, ५ पुस। नेकपा (एमाले)को अवरोधका कारण राष्ट्रिय सभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको आव २०७६र०७७ र आव २०७७र७८ को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची थियो ।
बैठक सुरु हुने वित्तिकै एमालेका सांसद देवेन्द्र दाहालले आफूहरुको माग सम्बोधन नभएकाले राष्ट्रियसभाको बैठक अगाडि बढ्न नसक्ने बताए । उनले १०औँ बैठकदेखि नै आफूहरुले उठाएको माग सम्बोधन हुन नसकेका कारण आफूहरुले सहज रुपमा बैठक अगाडि बढाउन नदिने बताए ।
प्रतिनिधिसभाका सभामुखले आफूहरुले कारबाही गरेका सांसदका सम्बन्धमा कुनै पनि निर्णय नगरेका कारण बैठक अगाडि बढ्नुको अर्थ नभएको तर्क उनले गरे । एमालेलेका सांसदले उभिएर विरोध गरेपछि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आशन ग्रहण गर्न पटक पटक आग्रह गरेका थिए । त्यसपछि राष्ट्रियसभाको अर्को बैठक अर्को सूचना जारी नहुँदासम्म स्थगित भएको सभाध्यक्ष तिमिल्सनाले जानकारी गराए । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij