images

शनिवार, बैशाख १५ गते २०८१

प्राज्ञ बुँद रानालाई नेपाल प्रज्ञा–प्रतिष्ठानको आजीवन सदस्यता

प्राज्ञ बुँद रानालाई नेपाल प्रज्ञा–प्रतिष्ठानको आजीवन सदस्यता

images
images
images
शुक्रवार, पौष ९ २०७८
शुक्रवार, पौष ९ २०७८
  • प्राज्ञ बुँद रानालाई नेपाल प्रज्ञा–प्रतिष्ठानको आजीवन सदस्यता

    काठमाडौं, ९ पुस ।
    वरिष्ठ कवि तथा गजलकार बुँद राना (लोकबहादुर राना) नेपाल प्रज्ञा–प्रतिष्ठानको आजीवन सदस्य भएका छन् । नेपाली कविता/काव्य साहित्यका क्षेत्रमा पाँच दशक भन्दा बढी समयदेखि साधनारत रही विशिष्ट योगदान गरेका भैरहवाका रानालाई प्राज्ञ परिषद्को ३८ औँ बैठकले यही पुस १ गतेदेखि लागू हुने गरी आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरेको हो ।

    images

    बैठकले सोही मितिदेखि रानालाई आजीवन सदस्यले पाउने नियमानुसारको मासिक आजीवन भत्ता उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

    आजीवन सदस्य आनन्ददेव भट्टको निधनपश्चात् रिक्त हुन आएको आजीवन सदस्य पद एकका निम्ति उपयुक्त, योग्यतम र वरिष्ठतम साधकको छनोट गरी सिफारिस गर्न गठित उपकुलपति डा. जगमान गुरुङ संयोजक तथा प्राज्ञ परिषद् सदस्य प्रा. डा. हेमनाथ पौडेल र माया ठकुरी सदस्य रहेको सिफारिस समितिको सिफारिसका आधारमा प्राज्ञ परिषद्को बैठकले रानालाई आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरेको हो । रासस

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij