२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

एसएसपी शुशिल यादव झुण्डिएको अवस्थामा फेला

शुक्रवार , पौष ९, २०७८

भैरहवा, ९ पुस । 
संघीय इकाई प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शुशिल यादव झुण्डिएको अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) यादव आफु बस्ने क्वाटरमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । एसएसपी यादव शुक्रबार क्वार्टरमा झुण्डिएको अवस्थामा मृत अवस्थमा फेला परेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । 

प्रहरीले उनको मृत्युबारे अनुसन्धान सुरु गरेको जनाएको छ । उनी के कारणले भुण्डिएका हुन भन्ने विषयमा भने खुल्न सकेको छैन् । उनको घटना पछि अहिले संघीय इकाई कार्यालयमा कसैलाई पनि प्रवेश गर्न दिइएको छैन् ।

269138426_988840602026725_6204947660850151472_n.jpg

अन्य दिन सामान्य सोधपुछपछि भित्र जान दिने गरेकोमा घटना बाहिर आएपछि गेट बन्द गरिएको छ । कार्यालय अगाडि अहिले मान्छेहरुको भिड लागेको छ । कार्यालयभित्र पत्रकारलाई समेत प्रवेश गर्न दिइएको छैन् ।