images
images

आइतवार, जेठ ६ गते २०८१

एसएसपी यादव मृत्यु प्रकरण : शंकास्पद मृत्युमा पत्रकारलाई प्रवेश निषेध

एसएसपी यादव मृत्यु प्रकरण : शंकास्पद मृत्युमा पत्रकारलाई प्रवेश निषेध

images
images
images
शुक्रवार, पौष ९ २०७८
शुक्रवार, पौष ९ २०७८
  • एसएसपी यादव मृत्यु प्रकरण : शंकास्पद मृत्युमा पत्रकारलाई प्रवेश निषेध

    भैरहवा, ९ पुस । संघिय प्रहरी ईकाइ कार्यालय भैरहवाका प्रमुख एसएसपी सुशील कुमार यादवको शंकास्पद मृत्युपछि पत्रकारहरुलाई कार्यालय प्रवेशमा निषेध गरिएको छ ।

    images
    images
    images

    शंकास्पद मृत्युमा आन्तरिक विषय खुल्ने सक्ने भएकाले प्रहरीले पत्रकारहरुलाई कार्यालय प्रवेशमा निषेध गरेको हो ।

    सांगठनिक समस्याका कारण एसएसपीको मृत्यु भएको हो भने प्रहरीबाट धेरै विषय खुल्न सक्छ । तर, रुपन्देही प्रहरीले कार्यालयमा आएका विभिन्न प्रहरी अधिकारीहरुसगँ पत्रकारहरुलाई भौतिक सम्पर्क गर्न दिएको छैन । 

    रुपन्देही प्रहरीले एसएसपी यादवका परिवार सदस्य, आफन्त सहित  सर्वसाधारण, व्यवसायी लगायतलाई कार्यालयमा प्रवेश गराएपनि पत्रकारलाई प्रवेशमा पूर्ण रुपमा रोक लगाउँदा प्रहरीले आवश्यक सूचना लुकाउन चाहेको आभास भएको पत्रकार राधेश्याम बिश्वकर्माले बताए ।

    "हाम्रो कार्यालय भएपनि हामीले पत्रकारहरुलाई प्रवेशमा रोक लगाएका होईनौँ " संघिय प्रहरी इकाई कार्यालय भैरहवाका डिएसपी हेम बहादुर केसीले भने,"अनुसन्धानको विषय भएकोले सबै काम जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गरिरहेको छ । यश विषयमा हामीले केही गरेका छैनौँ । "

    कार्यालयमा जिल्ला प्रहरी कार्यालयका डिएसपी नवरत्न पौडेल खटिएका छन् ।

    शुक्रबार दिउँसो एसएसपी यादवको शव कार्यालयको क्वाटरमा झुन्डिएको अवस्थामा फेला परेको थियो ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij