images

मंगलवार, बैशाख २५ गते २०८१

समयमा उखुको मुल्य निर्धारण नहुँदा किसानलाई सवा २ करोड घाटा

समयमा उखुको मुल्य निर्धारण नहुँदा किसानलाई सवा २ करोड घाटा

images
images
images
सोमवार, पौष १२ २०७८
सोमवार, पौष १२ २०७८
  • समयमा उखुको मुल्य निर्धारण नहुँदा किसानलाई सवा २ करोड घाटा

    परासी, १२ पुस । 
    उखु किसानहरुले उखुको समर्थन मुल्य निर्धारण गर्न सरकारसंग माग गरेका छन् । उखु क्रसिङ्ग सिजन सुरु भईसक्दा पनि सरकारले उखुको मुल्य नतोक्दा किसानहरु घाटा व्यवहोर्न बाध्य भएका छन् । किसानहरु उखु क्रसिङ्गका लागि चिनी मिल तथा भेली क्रसर उद्योगमा लगिरहेका छन तर मुल्य निर्धारण नभएकै कारण क्रसर सञ्चालकहरुले किसानको बाध्यताको फाइदा उठाउँदै सस्तोमा प्रतिक्वीन्टल ४ सय रुपैयाँमा उखु खरिद गरिरहेको उखु उत्पादक कृषक संघका जिल्ला अध्यक्ष उमेशचन्द्र यादवले बताए ।

    images
    images
    images

    अध्यक्ष यादवले यसवर्ष सरकारले उखुको लागत र चिनीको बजारलाई आधार बनाई उखुको मुल्य प्रतिक्विन्टल ६२५ रुपैयाँ तोक्नुपर्ने आग्रह गरे । गतवर्ष सरकारले ५४४ रुपैयाँ प्रतिक्विन्टल मुल्य निर्धारण गरेको थियो । जुन लागतको अनुपातमा उचित थिएन । विगतका वर्षदेखि यसरी मुल्यांकन नगरिकन मुल्य निर्धारण गर्दा किसानहरु ठुलो नोक्सान व्यवहोर्दै आएकाले यस वर्ष तत्कालै उचित मुल्य निर्धारण गर्न उनले आग्रह गरे ।

    उखु क्रसिङ्ग सिजनको एक महिना बित्यो तर अहिलेसम्म सरकारले उखुको मुल्य निर्धारण गरेन जसकारण किसानहरु आफनो ऋण तिर्न र घरबार मिलाउन बाध्य भई ४ सय रुपैयाँप्रति क्वीन्टलमा उखु बेचिरहेका छन् । यो मुल्य लागत र बजारको तुलनामा २ सय २५ रुपैयाँ प्रतिक्वीन्टल कम रहेको देखिन्छ । यसरी किसानहरु क्वीन्टलै पिच्छे २ सय २५ रुपैयाँ घाटा खादा यस सिजनमा हालसम्म क्रसिङ्ग भएको १ लाख क्वीन्टल उखुमा २ करोड २५ लाख रुपैयाँ किसानले घाटा खानु परिरहेको अध्यक्ष यादवले दुःखेसो पोखे । उनले सरकारले तत्काल उखुको समर्थन मुल्य नतोक्ने हो भने यो घाटा रकम थप बढ्दै जाने चिन्ता व्यक्त गरे ।

    जिल्लामा कुल साढे सात हजार हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको छ । उखु खेतीमा हस आएकाले यस वर्ष जिल्लामा १० लाख क्वीन्टल उखु उत्पादन हुने अनुमान गरिएको छ । जिल्लामा बाग्मति खाडसारी चिनी मिल, ईन्दिरा सुगर ईण्डष्ट्रिज, लुम्बिनी चिनी मिल गरी ३ ठुला चिनी उद्योगहरु छन भने १ सय बढी भेली क्रसर उद्योगहरु छन् । विगत ३ वर्षदेखि बाग्मती चिनी मिलबाहेक ईन्दिरा चिनी मिल र लुम्बिनी चिनी मिल विभिन्न कारण देखाउँदै संचालनमा आएका छैनन् । यस वर्ष पनि लुम्बिनी चिनी मिल र ईन्दिरा चिनी मिल सञ्चालनमा आउने सम्भावना कम देखिएकाले किसानहरु उखु कहाँ बेच्ने भन्ने चिन्तामा छन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij