२०८२, माघ ३ गते

Jan 17 2026 | २०८२, माघ ३ गते

अनेरास्ववियु रुपन्देही क्याम्पस कमिटीको अध्यक्षमा लम्साल

सोमवार , पौष १२, २०७८

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • भैरहवा, १२ पुस ।
    नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को संगठन विस्तार तथा सदस्यता वितरण महाअभियान–२०७८ अन्तर्गत भैरहवास्थित रुपन्देही क्याम्पसमा संगठन विस्तार गरेको छ । सोमबार सन्दिप लम्सालको अध्यक्षतामा अनेरास्ववियु रुपन्देही क्याम्पस कमिटी गठन गरिएको संगठनले जनाएको छ । कमिटीको उपाध्यक्षमा विकास यादव, सचिवमा राजेश रिजाल, सह–सचिवमा सरिता गौतम, कोषाध्यक्षमा मिलन चिडि मगर र सह–कोषाध्यक्षमा ज्योति कहार रहेका छन् ।
    त्यस्तै सदस्यहरुमा सिमा यादव, ईशा न्यौपाने, बबिता गौतम, माला गिरी, सिता डुम्रे, निरुता अधिकारी, दिपकराज पन्त, कञ्चन राना, सपना रेश्मी, पुजा भण्डारी र आशमा सुनार रहेका छन् ।

    मनिषा कार्कीको अध्यक्षता, अनेरास्ववियुका केन्द्रीय सदस्य तथा सिद्धार्थनगरका विद्यार्थी इञ्चार्ज सरोज ठकुरीको प्रमुख आतिथ्यता, अनेरास्ववियु रुपन्देही जिल्ला सह–सचिव भिम भण्डारी, जिल्ला सदस्य एवं सिद्धार्थनगर कमिटी उपाध्यक्ष विवेक भण्डारी, एमाले सिद्धार्थनगर कमिटी सदस्य आयुष अधिकारी, राष्ट्रिय युवा संघका नेता विनम्र थापा लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटीका सचिव आशिष पन्तले गरेका थिए ।