images

शुक्रवार, बैशाख २१ गते २०८१

एमाले रुपन्देहीको अध्यक्षका लागि यी हुन दावेदार

एमाले रुपन्देहीको अध्यक्षका लागि यी हुन दावेदार

images
images
images
बिहिवार, पौष १५ २०७८
बिहिवार, पौष १५ २०७८
  • एमाले रुपन्देहीको अध्यक्षका लागि यी हुन दावेदार

    बुटवल, १५ पुस । 
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुपन्देहीले जिल्ला अधिवेशनको तयारी गरिरहेको छ । एमालेको केन्द्रीय समितिदेखि राष्ट्रिय राजनीतिसम्म राम्रो पहुँच भएका नेताहरुको गृह जिल्ला रुपन्देहीमा पनि जिल्ला अधिवेशनको माहोल बन्न थालेको छ । 

    images
    images
    images

    एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव छविलाल बिश्वकर्मा तथा स्थायी कमिटी सदस्य घनश्याम भुसालको गृह जिल्लाको नेतृत्वको विषयमा चर्चा हुन थालेको छ । जिल्ला अधिवेशन नजिकिदै गर्दा जिल्ला अध्यक्षका आकांक्षीहरुको दौडधुप र सक्रियता बढदै गएको छ ।

    आकांक्षीहरु पार्टी सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज बिववकर्मा, महासचिव शंकर पोखरेलसंगको भेटघाट र सम्पर्कलाई बढाएका छन् ।

    जिल्ला अध्यक्षका आकांक्षीहरु कोही नेताको घरमा भेटघाटमा व्यस्त छन भने केही जिल्ला अधिवेशनका लागि छनौट हुने प्रतिनिधिहरुको आफ्नो पक्षका बढाउने अभियानमा व्यस्त देखिन्छन् । यही पुस २३ गते हुने जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

    दोहोरिने छैनन् अध्यक्ष शिवराज सुवेदी 

    नेकपा एमाले रुपन्देहीका अध्यक्ष तथा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी एक कार्यकाल दोहोरिने मनसायमा रहेकोमा उनलाई केन्द्रीय सदस्यमा नियुक्ति दिलाइएको छ । एमालेका महासचिव शंकर पोखरेल निकट मानिने शिवराज सुवेदीलाई अध्यक्षको दाबेदारबाट हटाउन केन्द्रीय सदस्य दिइएको पार्टीका नेताहरु बताउँछन् । 

    केन्द्रीय सदस्यकै भरमा जिल्ला नेतृत्वको दौडबाट पछि हटे पनि उनले कसलाई समर्थन गर्छन् भन्ने हेर्न बाँकी रहेको छ । उनी बुटवल उपमहानगरपालिकाको प्रमुखमा एक कार्यकाल दोहोरिन खाजेकोले आफ्नो बुटवलबाट हुन सक्ने उम्मेदवारलाई जिल्लामा व्यवस्थापनमा समर्थन गर्न सक्ने आँकलन गर्न थालिएको छ । 

    हालका उपाध्यक्ष पुरुषोत्तम घिमिरे प्रमुख दाबेदार

    यता अध्यक्ष सुवेदीले नेतृत्व छोड्ने भएपछि एमाले रुपन्देहीका उपाध्यक्ष पुरुषोत्तम घिमिरेले आफ्नो दावी गर्दै आएका छन् । घनश्याम भुसालका विश्वासपात्र बनेका उनी आफु स्वतः दावेदार भएको र सबैलाई सहयोग गर्न आग्रह समेत गरेका छन् । 
    यसअघि पनि घिमिरेले माधव नेपालको समुहबाट अध्यक्षमा दावी गरेर अलग्गै प्यानल तयार गरेको भए पनि नेतृत्वले सहमतिका लागि दवाव दिएपछि उपाध्यक्ष पदमा समेटिएका थिए ।

    करीव २ वर्ष देखिको पार्टी विवादमा मौन जस्तै बसेका उनी पार्टीबाट माधव नेपाल समूह अलग भए पनि घिमिरे एमालेमै रहेका छन् । घिमिरेलाई अध्यक्ष बनाउन एमाले लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष भोज प्रसाद श्रेष्ठले लविङ गरिरहेको एमाले निकट श्रोतले बताएको छ । उनले घनश्याम भुसालको पनि राम्रै सहयोग पाएका छन् । उनी अध्यक्षका बलिया दावेदार हुन् । उनी अन्य क्षेत्रमा व्यवस्थापन गरेमा तयार नहुने प्रतिक्रिया दिएका छन् ।

    तेजेन्द्र केसी मुख्य दावेदार

    त्यसै गरी जिल्ला कार्यालय सदस्य तेजेन्द्र केसी नेकपा एमाले रुपन्देहीको अध्यक्ष पदका बलिया दावेदार हुन् ।  एमाले र माओवादी एकीकरण भएपछि सह–संयोजकको भूमिका पाएका केसी आफुलाई स्वभाविक रुपमा अध्यक्षको दावेदार भन्दै आएका छन् । ‘पार्टी संकटमा पर्दा मैले सह–संयोजकको जिम्मेवारी पाएको थिए अब स्वभाविक रुपमा अध्यक्षको दावेदार म नै हो, ’केसीले भने ।

    गोपाल राना पनि चर्चामा

    त्यसै गरी एमाले रुपन्देहीका उपसचिव गोपाल रानाले समेत अध्यक्षमा दावी गरेका छन् । रानाले अब पार्टी युवा पुस्तामा हस्तान्तरण हुनुपर्ने बताउँदै आएका छन् । उनलाई बुटवल उपमहानगरको प्रमुखमा व्यवस्थापन गरेमा उनी अध्यक्षको दावीबाट पछि हट्नेछन् । 

    बासुदेव घिमिरे पनि बलिया दावेदार

    त्यसै गरी अब्बल जनप्रतिनिधिको रुपमा चर्चामा आएका तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले अध्यक्षमा आकांक्षा व्यक्त गरेका छन् । एमालेको दशौं महाधिवेशनमा खुल्ला केन्द्रिय सदस्यमा आकांक्षा देखाएर प्रचार गरेका उनी सहमतिका लागि पछाडी हटेको बताउँदै आएका छन् ।

    दशौ राष्ट्रिय महाधिवेशनमै अध्यक्षले वाचन गरेको लिष्टबाट केन्द्रिय पदाधिकारी र सदस्यहरु छनौट भएपछि आफ्नो पक्षमा लविङ गर्न अध्यक्षका आकांक्षीहरु प्रतिनिधि छनौटका लागि भन्दा पनि नेताहरुको घरदैलोमा सक्रिय रहन थालेका छन् । उनलाई पनि तिलोत्तमाको प्रमुखमा यथावत राखेमा अध्यक्षको दावी छोड्न सक्ने निकट स्रोतले बताएको छ ।

    यसका साथै अन्य उम्मेदवारले पनि आकांक्षा व्यक्त गरे पनि बलिया उम्मेदवार छैनन् । यही पुस २३ गते हुने जिल्ला अधिवेशनका लागि एमाले रुपन्देहीले पुस १७ गते सबै पालिकामा एकैदिन प्रतिनिधि छनौट हुने मिति तय गरेको छ ।

    जिल्ला सचिवालय सदस्य हितराज पन्थी दावेदार

    त्यसै गरी एमाले रुपन्देही जिल्ला सचिवालय सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ का संयोजक हितराज पन्थीले अध्यक्षमा आंकाक्षा व्यक्त गरेका छन् । उनी लामो समयदेखि पार्टीमा काम गर्दै आएका छन् ।

    त्यसैगरी सुकुम्वासी आयोग रुपन्देहीका अध्यक्ष भइसकेको बलबहादुर आचार्य सहमति हुन सके अध्यक्ष हुने आशामा छन् । ‘म निर्वाचन गरेर अध्यक्ष हुने पक्षमा छैन सर्वसम्मत हुन्छ भने म अध्यक्षको दावेदार हो,’ उनले भने।

    अखिल नेपाल किसान महासंघको जिम्मेवारीमा रहेका यज्ञ गैरेसमेत अध्यक्षका दावेदार हुन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij