images

शनिवार, बैशाख १५ गते २०८१

किन विवादमा पर्‍यो ७ करोडको पर्यटकीय गेट ? आर्क नमिल्दा देखियो कुरुप

किन विवादमा पर्‍यो ७ करोडको पर्यटकीय गेट ? आर्क नमिल्दा देखियो कुरुप

images
images
images
शुक्रवार, पौष १६ २०७८
शुक्रवार, पौष १६ २०७८
  • किन विवादमा पर्‍यो ७ करोडको पर्यटकीय गेट ? आर्क नमिल्दा देखियो कुरुप

    भैरहवा, १६ पुस । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले स्थानीयको चर्को विवादकाबीच २०७५ सालमा बेलहियास्थित डण्डा खोला छेउमा गेट निर्माण गर्ने निर्णय गर्‍यो । स्थानीयको विवादकैबीच २५ असार २०७५ मा गेट निर्माणका लागि सम्झौता पनि भयो सम्झौता पछि निर्माण सुरु भएको गेटको निर्माण कार्य समयावधिभित्रै सम्पन्न पनि भयो । तर, जनस्तरमा गेटको विषयलाई लिएर निकै विवाद र आलोचना सुरु भएको छ ।

    गेट निर्माणमा खर्च भएको रकम र फिनिसिङको विषयलाई लिएर जनस्तरबाट निकै आलोचना भएको हो । नगरपालिकाले समयावधिभित्रै गेटको निर्माणसम्पन्न भएको देखाएर निर्माण व्यवसायीलाई खुसी पार्ने उद्देश्यले गेटको नामाकरण समेत नगरी हतारहतारमा गेटको उद्घाटन गर्दा नगरपालिका थप विवादमा परेको हो । कतिपयले उद्घाटन कार्यक्रममै गेटको आर्क र रकमका विषयमा आलोचना गरेका थिए भने कतिपयले सामाजिक सञ्जाल फेसबुकबाट आफ्नो आक्रोश पोखिरहेका छन् ।

    गेटको पहिलो फेजको कामको लागि १ करोड ९९ लाख ९४ हजार ६९ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार गेटको फाउण्डेशन, कोलम, लोअर आर्च स्ल्याबसहित बीम निर्माणका लागि झण्डै २ करोडमा ठेक्का सम्झौता भएको गेटको निर्माणसम्पन्न हुँदा २ करोड २८ लाख ३९ हजार २ सय ७३ रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ ।

    त्यसै गरी गेटलाई पूर्ण आकार दिन भन्दै नगरपालिकाले दोस्रो चरणको कामका लागि पुन डेण्डर आव्हान गर्‍यो । ४ करोड ६० लाख ८८ हजार २ सय ७२ रुपैयाँको ईष्टिमेट गरिएको परियोजनाको ४ करोड ४८ लाख ९३ हजार ९३ रुपैयाँमा टेण्डर सम्झौता भएको थियो । दुवै फेजको निर्माणको जिम्मा भैरहवाका निर्माण व्यवसायी टोपबहादुर रायमाझीको प्राकृतिक निर्माण सेवाले पाएको थियो ।

    गेटको निर्माण सम्पन्न भएर उद्घाटन गर्दासम्म नगरपालिकाले ७ करोड ९ लाख २७ हजार रुपैयाँ खर्चिएको नगरपालिकाका वरिष्ठ इञ्जिनियर जीवन अर्यालले बताए । उनले पहिलो वर्षमा रकमको श्रोतको सुनिश्चितता नभएका कारण आयोजनालाई बहुवर्षिय आयोजनाको रुपमा बनाउँदा यति ठुलो रकम खर्च भएको बताए ।

    नगरपालिकाले अन्य विकास निर्माण र क्षेत्रको बजेट काटेर ७ करोड बढी खर्चेर बनाएको गेटको आर्थिक पक्ष र बनावटको विषयलाई लिएर चर्को आलोचना भएको छ ।

    स्थानीय समाजसेवी ओमकुमार श्रेष्ठले सामाजिक संजाल फेसबुकमा लामो स्टाटस लेख्दै गेटको विषयमा कडा आलोचना गरेका छन् । उनले ७ करोड खर्चेर निर्माण गरिएको गेटको बनावटले भैरहवावासीलाई गिज्जाएको टिप्पणी गरेका छन् । उनले ७ करोड खर्चेर पनि मिलाउन नसकेको ‘आर्क’ भन्दै लामो स्टाटस राखेका हुन् । उनले ७ करोडमा अन्तर्राष्ट्रियस्तरको गेट हुनुपर्ने हो, तर, अफसोच यसले त्यो स्तर चुम्न सकेन । काम चलाउ हिसाबले बनाए जस्तो देखिन्छ । ‘आर्क’ मात्रै नमिलेको हाइन कि यसको फाइनल फिनिसिङ पनि भएको छैन् । जाबो एउटा कलर पनि मिलाउन सकेको छैन् । कम्पिलिटली झारा टार्ने काम भएको छ । भैरहवाबासीलाई हेपेर यस्तो गेट बनाएको उनको दुःखेसो छ ।

    उनको स्टाटसमा थुपै्रले कमेन्ट गर्दै गेट निर्माणमा व्यापक आर्थिक अनियमितता भएको भन्दै नगरपालिकाको चर्को आलोचना गरेका छन् ।

    समाजसेवी श्रेष्ठले डण्डा खोला छेउमा निर्माण भएको गेटले बिश्वभरबाट बुद्ध जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई समेत गिज्जाएको बताए । आर्क र रंग समेत मिलाएर गेट निर्माण गर्न नसक्ने निर्माण व्यवसायीलाई समयावधि भित्रै निर्माण सम्पन्न भएको भन्दै प्रमाणपत्र दिएर नगरपालिकाले उसले गरेको गलत कर्तुतलाई थप प्रशय दिएको उल्लेख गरे ।

    त्यस्तै भैरहवाकै अर्को समाजसेवी इञ्जिनियर रविकुमार रौनियारले आर्क नमिल्नु यो गेटको मेजर डिफेक्ट हो, यसलाई सामान्य गल्ती भनेर कसैलाई पनि पन्छिने छुट नभएको भन्दै फेसबुकमा स्टाटस राखेका छन् । उनको स्टाटसमा लेखिएको छ ‘यति सुन्दर गेटको आर्क बिगारेर सम्पुर्ण गेट कुरुप देखिएको छ । यस विषयमा गेट निर्माण गर्ने निर्माण व्यवसायी र निरीक्षण गर्ने प्राविधिकलाई आर्क मिलाउन नगरपालिकाले निर्देशन दिनुपर्छ अन्यथा यसमा जनताको करको दुरुपयोग भएको बुझ्नुपर्ने हुन्छ ।’  

    images

    उनको स्टाटसमा पनि थुपै्रले कमेन्ट गर्दै आर्कका कारण गेटको सुन्दरता गुमेको र आर्थिक चलखेल भएको टिप्पणी गरेका छन् ।

    ravi rauniyar scn shot for gate news.jpg

    सुरुदेखि नै सीमा नाका बेलहियामा गेट निर्माण गर्नुपर्ने माग गर्दै आन्दोलित बेलहियावासीले गेटको उद्घाटन कार्यक्रमलाई समेत बहिष्कार गरेको छन् । बेलहियाबासीले बेलहियामा गेट निर्माण नगरी डण्डा खोला छेउमा आएर गेट निर्माण गर्ने भएपछि विरोध गरेका थिए । बेलहियाबासी देवराज न्यौपानेले नगरपालिकाले गेट निर्माणमा गरेको लगानी बालुवामा पानी जस्तै भएको उल्लेख गरे । उनले नेपाल भारत सीमा नाका बेलहियामा बनाउनुपर्ने गेट डण्डा खोला छेउमा लगेर बनाउँदा पनि राम्रोसंग बनाउन नसकेको बताए । उनले गेट निर्माणमा आर्थिक चलखेल भएको हुन सक्ने भन्दै अनुसन्धान गर्नुपर्ने तथा आर्च मिलाएर गेटको सौन्दयीकरणलाई ध्यान दिनुपर्ने बताए ।

    त्यसै गरी नेपाली कांग्रेसले पनि गेटको उद्घाटन कार्यक्रमलाई बहिष्कार गर्‍यो । कांग्रेस सिद्धार्थनगर नगर सभापति कोशिष बहादुर खड्काले पर्यटकीय गेटलाई भष्टाचारी गेटको संज्ञा दिदै दुधको साक्षी बिरालो बन्न कांग्रेस उद्घाटन कार्यक्रममा नगएको बताए । उनले ४ करोडमा निर्माण गरिने भनिएको गेटमा ७ करोड खर्चिएर चरम भष्टाचार गरिएको बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij