images

बुधवार, बैशाख २६ गते २०८१

भैरहवामा माघ २६ देखि ‘छैठौं लुम्बिनी महोत्सव’

भैरहवामा माघ २६ देखि ‘छैठौं लुम्बिनी महोत्सव’

images
images
images
शनिवार, पौष १७ २०७८
शनिवार, पौष १७ २०७८
  • भैरहवामा माघ २६ देखि ‘छैठौं लुम्बिनी महोत्सव’

    भैरहवा, १७ पुस ।
    उद्योग व्यापार संगठन, रुपन्देही (प्रस्तावित सिद्धार्थ चेम्बर अफ कमर्स, रुपन्देही) को आयोजनामा आगामी माघ २६ गतेदेखि फागुन ८ गतेसम्म भैरहवामा छैठौं लुम्बिनी महोत्सव–२०७८ (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) हुने भएको छ । सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा महोत्सव हुने भएको हो ।

    images
    images
    images

    संगठनले भैरहवामा पत्रकार भेटघाट कार्यक्रम गरी महोत्सवबारे जानकारी गराएको छ । महोत्सवका लागि ४१ सदस्यीय मेला मूल आयोजक समिति, १६ सदस्यीय सचिवालय, ९ सदस्यीय स्टेरिङ्ग कमिटी, १५१ सदस्यीय सल्लाहकार र २५ सदस्यीय विशिष्ट सल्लाहकार गठन गरिएको संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए ।

    महोत्सवमा १ करोड २० लाख अनुमानित खर्च तथा ३ लाख ५० हजार आम्दानी हुने संगठनका अध्यक्ष ज्ञवालीले जानकारी दिए ।
    मेलाको संरक्षक नेपाल चेम्बर अफ कमर्स, केन्द्रीय कार्यालय काठमाडौं र लुम्बिनी प्रदेश चेम्बर अफ कमर्स, बुटवल तथा सिद्धार्थनगर नगरपालिका सह–आयोजक रहेको छ ।

    त्यस्तै सह–आयोजक (प्रस्तावित)मा लुम्बिनी प्रदेश उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, खाद्य, प्रविधि तथा भूमिव्यवस्था मन्त्रालय, पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय र शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय रहेका छन् । मेलाको सह–प्रायोजक एस.आर. गु्रप र आधिकारिक अफिसियल बैंक (प्रायोजक) सेञ्चुरी कर्मसियल बैंक लिमिटेड रहेको अध्यक्ष ज्ञवालीले जानकारी दिए ।

    महोत्सवका सहयोगी संस्थाहरुमा उद्योग व्यापार संगठन रुपन्देही लुम्बिनी शाखा, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देही, सिद्धार्थ होटल एशोसियसन नेपाल (सान), नेपाल भन्सार एजेण्ट संघ, बेलहिया, उद्यमी महिला संगठन, रुपन्देही, लुम्बिनी मनिचेञ्जर व्यवसायी संघ, भैरहवा, लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ भैरहवा, लुम्बिनी ट्रक यातायात व्यवसायी संघ, भैरहवा र लुम्बिनी ट्रक यातायात व्यवसायी संघ रहेको उनले बताए ।

    मेलास्थलमा प्रवेश शुल्क वापत टिकट दर रु. ७०, विद्यार्थीलाई रु. ४०, ७० वर्ष भन्दा माथिको जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई निःशुल्क प्रवेश, समूह (गु्रप) टिकट (लेटरप्याडमा आधिकारिक हस्ताक्षरसहित) रु. ३० तोकिएको उनले जानकारी दिए । त्यस्तै शनिबार र सार्वजनिक विदाको दिनबाहेक अन्य दिन बिहान ८ बजेदेखि ११ बजेसम्म सम्पूर्ण दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको उनले बताए ।

    यस वर्षको मेलामा उद्योग, व्यापार, कृषि, पर्यटनको अलगअलग डुम बनाइने र प्रत्येक डुम धुलोरहित हुने उनले बताए । ‘मेला प्रवेशद्वार सुरुङमार्गबाट भित्र पस्ने बनाइनेछ, आकर्षक बाल उद्यान तथा सेल्फी जोन, सचिवालय आकर्षण र कुनै धार्मिक वा पुरातात्विक झझल्को आउने खालको बनाइनेछ, ’ज्ञवालीले भने ।

    मेला स्थलभित्र मायादेवी, पशुपतिनाथ मन्दिर, रानीमहल वा कुनै आकर्षक डुम बनाएर त्यसभित्र लुम्बिनी प्रदेशका आकर्षण धार्मिक वा पर्यटनको वित्तचित्र प्रदर्शन गरिने संगठनका महासचिव सचिन रोक्काले बताए । स्थानीय कलाकारलाई प्राथिमकता दिई राष्ट्रिय कलाकारको समेत प्रस्तती रहने रोक्काले बताए । ‘घरेलु तथा स्थानीय उत्पादनलाई मान्यता दिइनेछ, मेला स्थल अवधिमा सचिवालयभित्र कृषि, पर्यटन प्रवद्र्धनसम्बन्धी अन्तरक्रिया गरिनेछ, ’उनले भने ।

    महोत्सवमा होटल, अटो, आई.टी., कृषि, उद्योग, वाणिज्य तथा अन्य संघ–संस्था गरी ४ सय वटा स्टल रहने संगठनका सचिव एवं प्रवक्ता तथा महोत्सवका स्टल निर्माण व्यवस्थापन उपसमिति संयोजक लक्ष्मण भण्डारीले बताए ।
    संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता तथा महासचिव सचिन रोक्काको सञ्चालनमा सम्पन्न कार्यक्रममा संगठनका पूर्व अध्यक्ष खिम बहादुर खत्री, वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठ, वाणिज्य उपाध्यक्ष कृष्ण बहादुर गुरुङले लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसी, संस्थापक अध्यक्ष माधव ढुंगानाले महोत्सवलाई सफल बनाउन एकजुट भएर लाग्नुपर्ने बताए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij