images

आइतवार, बैशाख २३ गते २०८१

बैमौसमी वर्षाले रुपन्देहीमा ८ करोड मूल्य बराबरको ईट्टा नष्ट

बैमौसमी वर्षाले रुपन्देहीमा ८ करोड मूल्य बराबरको ईट्टा नष्ट

images
images
images
शनिवार, पौष १७ २०७८
शनिवार, पौष १७ २०७८
  • बैमौसमी वर्षाले रुपन्देहीमा ८ करोड मूल्य बराबरको ईट्टा नष्ट

    भैरहवा, १७ पुस ।
    बैमौसमी वर्षाका कारण रुपन्देही जिल्लामा ८ करोड मूल्य बराबरको काँचो ईट्टा नष्ट भएको छ । मंगलबार र बुधबार भएको वर्षाले जिल्लामा रहेको ५० वटा उद्योगमध्ये सञ्चालनमा रहेका ४७ वटा उद्योगमा ३ करोड २५ लाख गोटा ईट्टा नष्ट भएको हो । जसका कारण बजारमा ईट्टाको अभाव हुने देखिएको छ भने उद्योगी समेत मारमा परेका छन् ।

    images
    images
    images

    विगत दुई वर्षदेखि कोरोना महामारीका कारण संकटमा परेको उद्योग/व्यवसाय बैमौसमी वर्षाका कारण थप समस्या थपिएको ईट्टा उद्योगीको गुनासो छ । 

    अप्रत्यासित रुपमा पानी पर्दा गोदाममा स्टक गरेर भट्टामा पोल्ने अवस्थामा रहेको काँचो ईट्टा ठूलो मात्रामा नोक्सान भएको लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघका महासचिव अजय कुमार गुप्ताले बताए । अब नयाँ ईट्टा उत्पादन गर्न एक महिना ढिलाई हुने गुप्ताले बताए । ‘पानी परेको छ, पानी सुक्न पनि जाडोमा समय लाग्छ जसका कारण नयाँ ईट्टा उत्पादन एक महिना धकेलिएको छ, ’उनले भने ।

    जिल्लामा कोइलाको आपूर्ति सहज रुपमा हुन नसक्दा पनि यसको अभाव रहेको उनले बताए । कोइलाको आपूर्ति सहज र सुपथ मूल्यमा व्यवस्थाका लागि सरकार गम्भिर हुनुपर्ने उनको भनाइ छ । काँचो ईट्टाको बीमा नहुँदा वर्षेनी ईट्टा उद्योगीले ठूलो क्षति व्यहोर्दै आएको महासचिव गुप्ताले बताए । ‘काँचो ईट्टाको बीमा गर्नेतर्फ सरकार अघि बढनुपर्ने र बीमा कम्पनी त्यसका लागि तयार हुनुपर्छ, ’उनले भने । पछिल्लो समय डिजेल, मजदूरको ज्याला तथा कोइलाको मूल्यमा वृद्धि हुँदा लागत बढेको उनले बताए । 

    न्यू कामना ईट्टा उद्योग सियारी–७ रुपन्देहीका सञ्चालक टंक अधिकारीले ४ महिना चल्ने उद्योगमा बैमौसमी वर्षाले क्षति हुने गरेको बताए । उनले उद्योगीले क्षति कसरी कम गर्न सकिन्छ भन्नेतर्फ लागे पनि बैमौसमी वर्षाले क्षति पुगेको बताए । ‘काँचो ईट्टा राम्रोसंग सुकेर गोदामभित्र लैजान जाडोमा करिब १०–१५ दिन र गर्मीमा ५ दिन लाग्छ, उद्योगी अधिकारीले भने, ‘१२ दिन ईट्टा केही गरी पनि जतन गर्न सक्दैनौं । ’यस वर्ष सोचे भन्दा बढी वर्षा भएकाले नोक्सान बढेको अधिकारीले बताए ।

    IMG_9802.JPG

    व्यवसायीले ईट्टा नोक्सान गरेर मूल्यवृद्धि गर्न कहिल्लयै नचाहेको उनले बताए । ‘अहिले मूल्यवृद्धि गर्ने मनसायमा छैनौं, तर कोइला, मजदूरको लागत बढ्दै गएकोले मूल्यवृद्धि हुन सक्छ, ’उनले भने । ईट्टा प्रतिगोटा १८ रुपैयाँमा विक्री गर्दा पनि खासै मुनाफा हुने स्थिति नरहेको उनले बताए । ‘एउटा ईट्टा उद्योग स्थापना गर्न कम्तीमा ५/६ करोड लाग्छ, रुपन्देहीमा सञ्चालित ईट्टा उद्योगमा करिब १० अर्ब लगानी छ भने ८ हजार बढी मजदूर कार्यरत छन्, ‘उनले भने । ‘वर्षेनी करोडौंको क्षति व्यहोर्दै आएका ईट्टा उद्योगीलाई राहत प्रदान गर्न सरकारकै पहलमा काँचो ईट्टटाको बीमा गर्नुपर्छ ’, अधिकारीले भने ।

    IMG_9793.JPG

    नेपाल ईट्टा उद्योग महासंघका केन्द्रीय सदस्य रमेश खनालले भने, ‘जबसम्म राज्यले चाहदैन, काँचो ईट्टाको बीमा कम्पनीले बीमा गर्दैन, त्यसैले यसतर्फ राज्यले नै पहलकदमी लिनुपर्छ । ’ उनले काँचो ईट्टा गर्नेतर्फ राज्यको ध्यान जानुपर्ने बताए ।

    IMG_9815.JPG

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij