२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

खेलकुद सप्ताहका विजयीहरुलाई अखिल क्रान्तिकारीद्वारा प्रमाणपत्र वितरण

आइतवार , पौष १८, २०७८

  • 4.2K
    Shares
  • 4.2K
    Shares
  • भैरहवा, १८ पुस ।
    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) भैरहवा बहुमुखी क्याम्पस मूल इकाई समितिले खेलकुद सप्ताह–२०७८ मा सहभागि भइ विजयी भएका विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरेको छ । सप्ताह अन्तर्गत विभिन्न खेलकुद प्रतियोगितामा विजेता भएका विद्यार्थीहरुलाई अखिल (क्रान्तिकारी)ले प्रमाणपत्र वितरण गरेको हो ।

    शनिबार देवदह नगरपालिका–५, खैरेनीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय उद्यानमा आयोजना गरिएको स्वागत, वनभोज तथा सांस्कृतिक  कार्यक्रममा उनीहरुलाई प्रमाणपत्र वितरण गरिएको अखिल (क्रान्तिकारी) भैरहवा बहुमुखी क्याम्पस मूल इकाई समितिका अध्यक्ष मनिष ढकालले बताए । सोही अवसरमा  समेत गरिएको ढकालले बताए ।

    कार्यक्रममा प्रमुख अतिथि अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश अध्यक्ष घनश्याम खरेल, विशिष्ट अतिथि नेकपा (माओवादी केन्द्र) का लुम्बिनी प्रदेश कमिटी सदस्य तीर बहादुर रोकाय (डार्बिन), अतिथि माओवादी केन्द्र सिद्धार्थनगरका अध्यक्ष नारायण बहादुर हमाल, कोषाध्यक्ष डम्मर खत्री, नगर सचिवालय सदस्य लोकेन्द्र धामी अखिल (क्रान्तिकारी) रुपन्देहीका अध्यक्ष कपिल चापागाई लगायतले बोल्दै अखिल (क्रान्तिकारी) विद्यार्थीहरुको रोजाई भएको बताए ।

    दर्शना अधिकारीको स्वागत तथा अखिल क्रान्तिकारी भैरहवा बहुमुखी क्याम्पसका सचिव बिनोद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।