२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

सिद्धार्थनगर सिटी हस्पिटलमा निःसन्तानका लागि निःशुल्क शिविर

सोमवार , पौष १९, २०७८

  • 4.4K
    Shares
  • 4.4K
    Shares
  • भैरहवा, १९ पुस ।
    सिद्धार्थनगर सिटी हस्पिटल, लुम्बिनीरोड, भैरहवामा निःशुल्क निःसन्तान शिविर हुने भएको छ । हस्पिटलको सेवा विस्तार गर्दै बिरामीहरुलाई निरन्तर रुपमा दिदै आएकोमा यही पुस २२ गते बिहीबार काठमाण्डौ तथा विदेशमा लामो अनुभव प्राप्त डाक्टरद्वारा निःसन्तान दम्पत्तिको लागि स्वास्थ्य शिविर आयोजना गरिएको हस्पिटलका मेडिकल डाइरेक्टर प्राफेसर डा. जावेद अहमद खानले बताए ।

    अस्पतालका अनुसार शिविरले वर्षौदेखि सन्तान नभएर चिन्तित भईरहेका निःसन्तान दम्पत्तिहरुको लागि बाबुआमा बन्ने अवसर प्रदान गर्नेछ । महिलाहरुमा रहेका विभिन्न किसिमका स्त्री रोगहरुको सफल उपचार पनि गरिने अस्पतालले जनाएको छ ।

    रिष्ठ महिला रोग विशेषज्ञ डा. ज्योति रानाद्वारा प्रत्येक दिन स्त्री रोग र प्रसुतिसम्बन्धी सेवा प्रदान भइरहेको अस्पतालले निकट भविस्यमा आईभीएफ सेवालाई नियमितता दिने भएको छ । यो सेवाले यस क्षेत्रका निसन्तान दम्पत्ति, महिला तथा पुरुषमा हुन सक्ने कारण पत्ता लगाई यसको समाधान गर्नेछ । यस केन्द्रमा आईभीएफ आईसीयू सेवा दिइने अस्पतालले बताएको छ ।

    त्यस्तै स्वच्छ, सफा र सान्त वातावरणमा बच्चा जन्माउन चाहने आमाहरुलाई लक्षित गरी अत्याधुनिक मेसिन, अनुभवी डाक्टर तथा नर्सहरुबाट सुरक्षित प्रसुति सेवा र नवजात शिशुको स्वास्थ्य सेवा अनुभवि बाल रोग विशेषज्ञ डाक्टरद्वारा एनआइसीयू सेवा सञ्चालनमा रहेको महिला तथा प्रसुति रोग विशेषज्ञ डा. ज्योति रानाले बताइन् ।