
मंगलवार , पौष २०, २०७८
भैरहवा, २० पुस ।
मारवाडी युवा मंच भैरहवाले न्यानो कपडा, वाटर डिस्पेन्सर तथा खाद्यान्न सामग्री वितरण गरेको छ । ११ औं मारवाडी युवा दिवसको अवसर पारेर सोमबार र मंगलबार उक्त सामग्री वितरण गरिएको मंचका अध्यक्ष विनित बेरिवालले बताए ।
सोमबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रम र मंगलबार ओमसतिया गाउँपालिका–३ हाटीफर्साटिकरस्थित श्री जनता आधारभूत विद्यालय, दुमदुमवामा सामग्री वितरण गरिएको बेरिवालले जानकारी दिए ।
आश्रममा वाटर डिस्पेन्सर (पानी तताउने मेशिन) १ थान, न्यानो कपडा तथा खाद्यान्न सामग्री वितरण गरिएको कार्यक्रम संयोजक अंकित महेश्वरीले बताए । त्यस्तै विद्यालयमाअध्ययनरत बालबालिका तथा स्थानीय वृद्धवृद्धालाई न्यानो कपडा, सल तथा खानेकुरा वितरण गरिएको उनले बताए । मारवाडी युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको मारवाडी युवा मंच भैरहवाका निवर्तमान अध्यक्ष मनोज अग्रवालले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij