
बुधवार , पौष २१, २०७८
काठमाडौँ। एमाले अध्यक्ष केपी ओलीले मिर्गौला प्रत्यारोपण गरेकाले आफ्नो इम्युन सिस्टम शून्य भएको बताएका छन् । अध्यक्ष ओलीले मिर्गौला प्रत्यारोपण गरेकाले आफ्नो रोग प्रतिरोधात्मक शक्ति शुन्य भएपनि परम्परागत ज्ञानका आधारमा आफू अहिलेसम्म कोरोना संक्रमणबाट बच्न सफल भएको बताऐ । नेपालको खानेकुराहरु पनि पराम्परासंग नै जोडिएको उहाको भनाई छ ।
परिवर्तन नेपाल नामक सामाजिक संस्था अन्तर्गतको ‘नेपाली संस्कृति बचाऔँ राष्ट्रिय महाअभियान–२०७८’ को टोलीसंग बुधबार भक्तपुरस्थीत आफ्नै निवासमा भेट गर्दै ओलीले मुलुकको अस्तित्वलाई जीवन्त राख्ने परम्परागत सभ्यता र संस्कृतिलाई जोगाउनुपर्ने बताएका छन् ।
नेपालमा पूर्वजको जीवनशैली र रहनशहनको छुट्टै इतिहास रहेको भन्दै ओलीले स्वस्थ र सभ्य नागरिकले पनि शिक्षा लिनुपर्ने धारणा राखे ।
ओलीले सवै देशको समान स्वाभिमान भएको भन्दै दुई देशको प्रतिनिधि भेट हुदा समान हैसियत हुने तर्क गरे ।
पौराणिक एवं ऐतिहासिक महत्वले भरिएका धरोहर, मठमन्दिर, पाटीपौवाजस्ता पुरातात्विक महत्वका सम्पदाको संरक्षण गर्ने उद्देश्यले गठन भएको महाअभियानले आफ्ना उदेश्यका बारेमा ओलीलाई जानकारी गराएको हो । तीन वर्षसम्म चल्ने महाअभियानको नारा ‘हिमाल, पहाड, तराईको सम्पदा र संस्कृतिको नेपाली पहिचान, सांस्कृतिक अतिक्रमण विरुद्ध हाम्रो अभियान’ भन्ने रहेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपालको मौलिक सम्भता, इतिहास र सस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij