२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

राष्ट्रिय सभा निर्वाचनको परिणाम प्रतिकुल आउनसक्छ : केपी ओली 

शुक्रवार , पौष २३, २०७८

काठमाडाौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनको परिणाम प्रतिकुल आउनसक्ने बताएका छन् । 

शुक्रबार नेकपा एमालेको जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई पार्टी कार्यालय थापाथलीबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय सभा निर्वाचनको परिणाम प्रतिकुल आउनसक्ने भन्दै आफूहरुको लागि अनौठो नहुने बताएका हुन् ।

उनले जनादेश विपरीत गठन भएको गठबन्धनका कारण राष्ट्रियसभाको निर्वाचन यथार्थको जनादेश नहुने पनि बताए । उनले एमाले एक्लै अरुभन्दा मजबुत र माथि रहेको दावी गरेका छन्। केहि दलले गठबन्धनलाई चूनावसम्म टिकाउनुपर्छ भन्ने गरेको भन्दै अध्यक्ष ओलीले कमजोरलाई गठबन्धन चहिएको जिकिर गरे । 

अध्यक्ष ओलीले एमाले सरकारले गरेको बिकासको कामप्रति अतालिदै असंवैधानिक ढंगले सरकार ढालिएको बताए। उनले भने, “परामदेशबाट बनेको सरकारले नेपाललाई विकासको बाटोमा अघि लाग्न सक्दैन।” उनले बर्तमान सरकारले पूर्वाधार निर्माणमा, आर्थिक क्षेत्र, शिक्षा क्षेत्र ध्वस्त पारेको आरोप  लगाएका छन् ।

आफुहरु जनताको पार्टी भएकाले नै एमाले फेरि जनादेश पाउने दिशातर्फ अग्रसर भइरहेको उनको भनाई छ । ओलीले जनतालाई सचेत गराउन अब जिल्ला अधिवेशनले त्यसमा नेतृत्व गर्न क्षमता निर्माण गर्नुपर्ने बताए ।