२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

राष्ट्रियसभा निर्वाचन अघि नै केपी ओलीले पराजय स्वीकार गरिसके : अध्यक्ष नेपाल

शुक्रवार , पौष २३, २०७८

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभा निर्वाचन अघि नै एमाले अध्यक्ष केपी ओलीले पराजय स्वीकार गरिसकेको बताएका छन् ।

    नेकपा एकीकृत समाजवादीको काठमाडौँ महानगर कमिटीले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले राष्ट्रिय सभाको निर्वाचनमा पराजय निश्चित छ भनेर ओलीले हार स्वीकार गरेको भन्दै आफुलाई अचम्म लागेको पनि बताए ।

    उनले एकैदिन ७७ वटै जिल्लामा अधिवेशन उद्घाटन गर्ने एमालेको परिपाटीले नेतृत्व स्थापित नहुने उल्लेख गरे । अध्यक्ष नेपालले एमालेभित्र कुनै  नीति पद्धति नरहको भन्दै नेताको देवत्वकरण गर्ने, देउता जस्तो मान्ने प्रवृति हावी भएको जिकिर गरे ।

    उनले एमालेमा रहेका मानिस वौद्धिकताको विकास गर्ने आधुनिक ज्ञान र चेतना हासिल गर्ने व्यक्ति नभई पूजक र हनुमान प्रवृतिका मानिसमात्र रहेको बतए । केपी ओलीबाट नेकपा एमाले पार्टी नबन्ने र नचल्ने उनको भनाई छ । उनले अहिले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनलाई भाड्न खोजेको आरोप लगाएका छन् ।

    अध्यक्ष नेपालले एमाले नेतृत्वको सरकारले व्यापारिलाई रेष्टुरेन्ट खोल्न दिएर भ्रष्टाचारलाई प्रोत्साहन गरेको आरेप लगाएका छन्। 
    उनले भनेका छन्, “यसअघि नारायणहिटीमा कुनै पसल नगर्न मैले सुझाव दिएपनि एमाले नेतृत्वको सरकारले व्यापारिलाई रेष्टुरेन्ट खोल्न दिएर भ्रष्टाचारलाई प्रोत्साहन गर्‍यो।”