२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रमा ईमर्जेन्सी’

सोमवार , पौष २६, २०७८

बुटवल, २६ पुस । 
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रमा ईमर्जेन्सी’ स्थापना गरि सेवा प्रदान गर्न थालिएको छ । हालै सञ्चालन गरिएको ट्रमा ईमर्जेन्सीमा सबै प्रकारका आघात पीडित बिरामीहरूलाई  समयमै उपचार उपलब्ध गराउने लक्ष्य राखिएको अस्पताल प्रशासनले जनाएको छ ।

विश्वभर मृत्युदर र रोगको प्रमुख कारणहरूमध्ये एक ट्रमा रहेकोले ईमर्जेन्सी शाखा सञ्चालनमा ल्याइएको अस्पतालका मेसु ईन्द्र ढकालले जानकारी दिए । उनले खबरपात्रोलाई भने, ‘हामी हाम्रा बिरामीहरूलाई उत्कृष्ट हेरचाह प्रदान गर्न चाहन्छौं । हाम्रा बिरामीहरूलाई यस्तो गुणस्तरीय हेरचाह प्रदान गर्न ट्रमा ईमर्जेन्सी सञ्चालनमा ल्याएका छौं ।’

विभिन्न दुर्घटनाहरूमध्ये, चोटहरू युवाहरूमा मृत्युको प्राथमिक कारणहरु रहेको बताउँदै उनले ट्रमा ईमर्जेन्सीले यस्ता सबै बिरामीहरूको पुनरुत्थान, उपचार र पुनर्वास हेरचाह लगायतका कार्यहरु गर्ने बताए ।