images

मंगलवार, बैशाख ४ गते २०८१

बटौली : हिजो-आज 

बटौली : हिजो-आज 

images
images
images
मंगलवार, पौष २७ २०७८
मंगलवार, पौष २७ २०७८
  • बटौली : हिजो-आज 

    डा. सन्तोष पोख्रेल
    सामाजिक अभियन्त्ता

    images
    images
    images


    हामीलाई दन्ते कथाझै लाग्ने, हजुरबाहरु नुन किन्न झर्ने,
    आशैआशा बोकेको हुर्कदो पालुवा थियो होला,
    केवल कल्पनामा चित्रण गर्दछु ।
    भर्खर बस चल्दै गर्दा गुल्मोहरका फेदमा पात खेलाउँदै बालापनमा रमाउँदै थियो होला । 

    बढ्दै जाँदा मिलन र कालिकामा स्कुल छोड्दै धाएर,
    सडक पेटीमा सेकुवा खाँदै मायाका तरंग उडाउदै जवान हुँदै थियो बुटवल 
    अब पाको हुँदै गोधुलिमा ट्राफिक चोकको कफि खाँदै 
    साँझपछि कालिकानगर “बुमेल” को रमझममा हराउन सुरु गर्दैथ्यो बुटवल ।
    तर 
    किन आज आफ्नै अनुहारमा परेका खाल्डाखुल्डीले कुरुप बनेको छ मेरो बुटवल
    गाईवस्तु र हिलोमा दुर्घटना खाँदैछ बुटवल  
    कसैको जवाफदेहिताको सिकार बन्दैछ बुटवल 
    आक्रोश बोलेर त होला आफ्नै जनप्रतिनिधिलाई थप्पड हान्न विवश छ बुटवल ।

    रातपछि बिहानी आए जस्तै बुटवल फेरी सुन्दर बटौली बनेर आउनेछे 
    बिहान फोहोर बोक्ने गाडीले “वातावरण– वातावरण” भन्दा र
    सडक छेउ “जथाभावी नथुकौ” को सन्देश देख्दा 
    अझै आशा भरिएर आउँछ 
    फेरी मेरो बटौली सिंगारिएर आउँछ । 
    फेरी मेरो बटौली सिंगारिएर आउँछ ।।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij