२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

बटौली : हिजो-आज 

मंगलवार , पौष २७, २०७८

  • 8.5K
    Shares
  • 8.5K
    Shares
  • डा. सन्तोष पोख्रेल
    सामाजिक अभियन्त्ता


    हामीलाई दन्ते कथाझै लाग्ने, हजुरबाहरु नुन किन्न झर्ने,
    आशैआशा बोकेको हुर्कदो पालुवा थियो होला,
    केवल कल्पनामा चित्रण गर्दछु ।
    भर्खर बस चल्दै गर्दा गुल्मोहरका फेदमा पात खेलाउँदै बालापनमा रमाउँदै थियो होला । 

    बढ्दै जाँदा मिलन र कालिकामा स्कुल छोड्दै धाएर,
    सडक पेटीमा सेकुवा खाँदै मायाका तरंग उडाउदै जवान हुँदै थियो बुटवल 
    अब पाको हुँदै गोधुलिमा ट्राफिक चोकको कफि खाँदै 
    साँझपछि कालिकानगर “बुमेल” को रमझममा हराउन सुरु गर्दैथ्यो बुटवल ।
    तर 
    किन आज आफ्नै अनुहारमा परेका खाल्डाखुल्डीले कुरुप बनेको छ मेरो बुटवल
    गाईवस्तु र हिलोमा दुर्घटना खाँदैछ बुटवल  
    कसैको जवाफदेहिताको सिकार बन्दैछ बुटवल 
    आक्रोश बोलेर त होला आफ्नै जनप्रतिनिधिलाई थप्पड हान्न विवश छ बुटवल ।

    रातपछि बिहानी आए जस्तै बुटवल फेरी सुन्दर बटौली बनेर आउनेछे 
    बिहान फोहोर बोक्ने गाडीले “वातावरण– वातावरण” भन्दा र
    सडक छेउ “जथाभावी नथुकौ” को सन्देश देख्दा 
    अझै आशा भरिएर आउँछ 
    फेरी मेरो बटौली सिंगारिएर आउँछ । 
    फेरी मेरो बटौली सिंगारिएर आउँछ ।।