२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

‘पत्रकारितामा विश्वसनीयताको संकट’

बुधवार , पौष २८, २०७८

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • काभ्रे, २८ पुस ।

    नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले पत्रकारितामा विश्वसनीयताको संकट पैदा हुँदै गएको बताएका छन् ।

    प्रेस चौतारी नेपाल काभ्रेको सातौं अधिवेशनलाई बुधबार धुलिखेलमा सम्बोधन गर्दै उनले विश्वसनीयताको सङ्कटले पत्रकारिताको महत्त्व घट्दै गइरहेको बताए । उनले भने, ‘नेपालमा निष्पक्ष पत्रकारिताको खाँचो पर्दै गयो, छिमेकी भारतभन्दा पुरानो इतिहास बोकेको नेपाली पत्रकारितामा निष्पक्षता क्षीण बन्दै गएकोमा ग्लानी हुन थालेको छ ।’

    कार्यक्रममा बागमती प्रदेशसभा सदस्य चन्द्र लामा, एमालेका काभ्रे जिल्लाअध्यक्ष अशोक ब्याञ्जू, प्रेस चौतारीका वरिष्ठ उपाध्यक्ष माधव नेपाल, केन्द्रीय उपाध्यक्ष गणेश पाण्डे, नेपाल पत्रकार महासङ्घका जिल्लाध्यक्ष बद्रिराज तिमल्सिना, महासङ्घ पूर्वअध्यक्ष भोजराज तिमल्सिना, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष कपिल कोइराला, प्रेस सेन्टर नेपालका जिल्लाध्यक्ष रोजन तामाङलगायत अधिवेशन सफलताको शुभकामना व्यक्त गरे । रासस