images

शुक्रवार, बैशाख १४ गते २०८१

‘पहिलो चरणको निर्वाचनको म्यान्डेडअनुसार देउवालाई सभापतिमा सघाएको हुँ’ (भिडिओ)

‘पहिलो चरणको निर्वाचनको म्यान्डेडअनुसार देउवालाई सभापतिमा सघाएको हुँ’ (भिडिओ)

images
images
images
बिहिवार, पौष २९ २०७८
बिहिवार, पौष २९ २०७८
  • ‘पहिलो चरणको निर्वाचनको म्यान्डेडअनुसार देउवालाई सभापतिमा सघाएको हुँ’ (भिडिओ)
    काठमाडौँ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेशनको पहिलो चरणको निर्वाचनको म्यान्डेडअनुसार प्रधानमन्त्री शेरबहादर देउवालाई सभापतिमा सघाएको बताएका छन् ।

    बिहीबार कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ भक्तपुरले बिहीबार आयोजना गरेको झण्डोत्तलन कार्यक्रममा नेता सिंहले पहिलो चरणको निर्वाचनको म्यान्डेडअनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई सभापतिमा सघाएको बताएका हुन् ।

    नेता सिंहले केन्द्रीय नेतृत्व परिवर्तन र पार्टी विधिसम्मत संस्थागत हुनुपर्ने एजेन्डा बोकेर महाधिवेशनमा मत मागेको स्मरण गर्दै मतदाताले आफूले अघि सारेका एजेन्डाअनुसार मत नदिएको बताए ।

    images

    उनले पहिलो चरणको निर्वाचनको म्यान्डेड मान्दा धेरैको टाउको दुखेको  टिप्पणी गरे ।  आफुले दोस्रो चरणमा सभापतिमा शेरबहादुर देउवालाई समर्थन गरेपछि पार्टीभित्रकै केहि नेताहरुले नियोजित रुपमा आफुमाथि प्रहार गरेको गुनासो गरे ।

    नेता सिंहले कोरोना महामारीका बीचमा पनि सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गरेर पार्टीको काममा निरन्तर खटिरहन पनि नेता–कार्यकर्ताहरुसँग आग्रह गरेका छन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij