
शनिवार , माघ १, २०७८
बुटवल, १ माघ ।
नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति, रुपन्देहीको पद हस्तान्तरण गरिएको छ । जिल्लाको ८ औं अधिवेशनबाट नवनिर्वाचित समितिलाई शुक्रबार तिलोत्तमामा एक कार्यक्रमको आयोजना गरी पद हस्तानान्तरण गर्दै सपथ ग्रहण गरिएको हो ।
नेपाली कांग्रेस रुपन्देही जिल्ला सभापति रामकृष्ण खाँणले कार्यक्रममा बोल्दै संगठनलाई बलियो र गतिशिल बनाउँदै सिविएको निर्वाचनमा बिजयी बन्नुपर्ने बताए । उनले लोकतान्त्रिक संगठनले जिते मात्र पेशागत हकहित स्थापित गर्न सकिने बताए ।
नवनिर्वाचित नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष चक्रपाणी पाण्डेयले निजामती सेवा ऐन बन्न नसक्दा प्रत्यक्ष रुपमा कर्मचारी मारमा परेको गुनासो पोखे । उनले गठबन्धनको सरकारले कर्मचारी ऐन ल्याएर पेशागत हकहितको स्थापना गर्दै जनताको सेवा सुविधामा केन्द्रीत बन्नुपर्ने बताए ।
कांग्रेस तिलोत्तमाका सभापति हरिलाल पाण्डेय, युनियनका जिल्ला उपाध्यक्ष टेकराज पन्थी , प्रमुख निर्वाचन अधिकृत तुलसीराम ढकाल, निर्वाचन अधिकृत संजीव बस्याल, सचिव हुमलाल भुसाल लगायतले कार्यक्रममा बोलेका थिए ।
कांग्रेस निकट युनियनको आठौं अधिवेशनबाट चक्रपाणी पाण्डेयको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । जसको खुल्ला उपाध्यक्षमा टेकराज पन्थी, महिला उपाध्यक्षमा अनिता विक थारु र समावेशी उपाध्यक्षमा अब्दुल मजिद खाँ निर्वाचित भएका हुन । त्यस्तै सचिवमा हुमलाल भुसाल, सह–सचिवमा पदमराज आचार्य र कोषाध्यक्षमा मशहुर आलम खान निर्वाचित भएका छन् ।
त्यसै गरी सदस्यहरुमा मुक्तिप्रसाद भट्टराई, रविनकुमार जिसी, चिरञ्जीवि घिमिरे, विकास गौतम, दुर्गाप्रसाद अधिकारी, विन्देश्वरी गुप्ता, सपना पौडेल, रेखाकुमारी पौडेल, हुमराज पौडेल र विरेन्द्रकुमार कोहार निर्वाचित भएका छन् । युनियनको केन्द्रिय महाधिवेशन प्रतिनिधिमा मोहनकुमार नेपाल, शंकर पुरी, हरीप्रसाद ज्ञवाली, नविन पन्थी र धिरेन्द्रराज सुवेदी सर्वसम्मत निर्वाचित भएका छन ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij