२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

एमाले उपाध्यक्ष पौडेललाई कोरोना संक्रमण

शनिवार , माघ १, २०७८

काठमाडौं, १ माघ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पीसीआर परीक्षणका क्रममा पौडेलमा संक्रमण पुष्टि भएको उनका स्वकीय सचिव यम पाण्डेले जानकारी दिए ।

नेता पौडेल घरमा आइसोलेशनमा बसेर स्वास्थ्य लाभ लिइरहेका छन् ।