२०८२, भाद्र १६ गते

Sep 01 2025 | २०८२, भाद्र १६ गते

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनालाई कोरोना संक्रमण

मंगलवार , माघ ४, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares

  • काठमाडौं, ४ माघ ।
    राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार पीसीआर परीक्षणको क्रममा उनलाई संक्रमण पुष्टि भएको उनका प्रेस सल्लाहकार अशोक पौडेलले जानकारी दिए ।

    पौडेलका अनुसार राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले बालुवाटारस्थित सरकारी निवासमा स्वास्थ्य लाभ गरिरहेका छन् । रुघाखोकी जस्ता समस्या आएपछि उनी स्वास्थ्यकर्मीको सल्लाह अनुसार स्वास्थ्य मापदण्ड अपनाउँदै केही दिन निवासमै आइसोलेशनमा रहेका छन् ।