images

शनिवार, बैशाख २२ गते २०८१

साना किसान कृषि सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा

साना किसान कृषि सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा

images
images
images
बुधवार, माघ ५ २०७८
बुधवार, माघ ५ २०७८
  • साना किसान कृषि सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा

    भैरहवा, ५ माघ ।
    साना किसान कृषि सहकारी संस्था लिमिटेड मायादेवी गाउँपालिका–६ शिवपुर, रुपन्देहीको १८ औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । मायादेवी गाउँपालिका–६ स्थित संस्थाको कार्यालय परिसरमा आयोजना गरिएको साधारणसभाको लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले उद्घाटन गरे ।

    images
    images
    images

    सो अवसरमा बोल्दै प्रमुख अतिथि मन्त्री यादवले पिछडिएको क्षेत्र मर्चवारमा साना किसान सहकारी संस्थाले उदाहरणीय कार्य गरेको बताए । उनले पूर्व कृषि राज्यमन्त्री ओमप्रकाश यादव (गुल्जारी) को नेतृत्वमा सञ्चालित सहकारीले मर्चवारमा गरेका कार्यहरुलाई अन्य सहकारीले पनि अनुसरण गर्नुपर्ने बताए । उनले भने, ‘समूह सहकारीको नाममा सरकारबाट अनुदान आउँछ, तर त्यो अनुदानको उचित सदुपयोग हुनुपर्छ ।’ मन्त्री यादवले नेतृत्वकर्ता इमान्दार र सक्षम नभए अवस्था राम्रो नहुने बताए ।

    आर्थिक मामिला तथा सहकारी राज्यमन्त्री सुष्मा यादवले मन्त्रालयबाट हुने सहयोग सहकारीलाई गर्न तयार रहेको बताइन् ।
    सहकारीका अध्यक्ष तथा पूर्व कृषिराज्य मन्त्री ओमप्रकाश यादव (गुल्जारी)ले संस्थाको शेयर पुँजी १ करोड ४३ लाख ४६ हजार रुपैयाँ रहेको जानकारी दिए । उक्त कुल पुँजीमा शेयर धनीको हिस्सा ३ प्रतिशत रहेको उनले जनाए । संस्थाको सम्पूर्ण किसिमको बचत २० करोड ५६ लाख ७९ हजार ९ सय ९ रुपैयाँ रहेको उनले बताए ।

    चालु आर्थिक वर्षको पुस मसान्तसम्म संस्थाको कुल बचत रकम २४ करोड ५० लाख रुपैयाँ रहेको अध्यक्ष यादवले जनाए । उनका अनुसार आर्थिक वर्ष ०७७/०७८ मा संस्थाबाट १३ करोड ७५ लाख रुपैयाँ ऋण लगानी भएको थियो । जसमध्ये ९ करोड ८९ हजार रुपैयाँ मात्र असुली भएको थियो भने चालु आर्थिक वर्षको पुस २८ गतेसम्म ३३ करोड ८० लाख रुपैयाँ ऋण लगानी भएको संस्थाले जनाएको छ ।

    संस्थाको जम्मा आम्दानी ३ करोड ५७ लाख १७ हजार ६ सय ९२ रुपैयाँ रहेको छ । जसमध्ये ३ करोड ११ लाख २० हजार ५ सय ९८ रुपैयाँ खर्च भएको अध्यक्ष यादवले बताए । उनका अनुसार संस्थाको कुल नाफा ३५ लाख ९७ हजार ५ सय ३४ रुपैयाँ छ । जगेडा कोषमा संस्थाको ४ करोड ३१ लाख १ हजार रुपैयाँ राखिएको छ ।

    २०६० साल माघ ११ गते जिल्ला सहकारी संघ नवलपरासीमा सहकारी ऐन २०४८ अनुसार साना किसान कृषि सहकारी संस्था लिमिटेड गोनहा नामाकरण भएर कृषि विकास बैंक साना किसान विकास अयोजना गोनहा सञ्चालनमा आएको थियो । ‘विभिन्न उतारचढावलाई पार गर्दै हामी १८ औं बसन्तमा आइपुगेको छौं,’ अध्यक्ष यादवले भने, ‘मेरो स्वर्गीय बुवा बिश्वनाथ यादवले संस्थाको बारेमा घरघरमा गई प्रचारप्रसार गर्नुभएको थियो र त्यति बेला यहाँका नागरिकले यो संस्थाको बारेमा बुझिसकेपछि संस्था अगाडि बढेको हो ।’

    अध्यक्ष यादवका बुवा स्वर्गीय विश्वनाथ यादवले १० धुर जग्गा दान गरेका थिए । अहिले सोही जमिनमा सहकारीको दुईतल्ले भवन छ । यसैमा कार्यालय सञ्चालन भइरहेको छ । मर्चवारमा रहेका किसानको बचत र केही गर्न चाहनेहरुलाई ऋण प्रवाह गर्ने उद्देश्यले सहकारी स्थापना गरिएको अध्यक्ष यादवले बताए ।

    सहकारीमा अहिले २ हजार ६ सय ६ जना महिला सदस्य तथा ८ सय ३८ पुरुष सदस्य गरी जम्मा सदस्य संख्या ३ हजार ४ सय ४४ पुगेको छ । सहकारीमा ५ सय ७० समूह आबद्ध छन् । 

    सहकारीले कार्यक्षेत्रअन्तर्गत वैदेशिक रोजगारमा जाने शेयर सदस्य वा उनीहरुका घरपरिवालाई लक्षित गरी आई.एम.ई. रेमिट, प्रभु रेमिट, हिमाल रेमिट, वेस्ट्रन युनियन, सिटी एक्सप्रेस, समसरा रेमिट, युनाइटेड रेमिट, आइएमई–पे लगायतका रेमिट संचालन गर्दै आएको अध्यक्ष यादवले जानकारी दिए । कोरोना सुरु भए यता सहकारीले २०७८ पुससम्म ऋण प्रदान गरेवापत शेयर सदस्यबाट ब्याज, हर्जाना नलिएको संस्थाले जनाएको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij